+
+

मेसुट ओजिल भर्सेस मार्टिन स्कर्टेल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते १३:२५

players (6)

मेसुट ओजिल

उनै स्टार खेलाडी फेरि पनि जर्मनीको मिडफिल्डमा एक महत्वपूर्ण खम्बाको रुपमा पेश हुनेछन् । जर्मनीले उत्तरी आयरल्याण्डबिरुद्धको खेलमा गोल गर्न नसकेपनि ‘एसिस्ट मास्टर’को रुपमा ख्यति कमाएका आर्सनल स्टार ओजिलको प्रेरणा भने उल्लेख्य थियो । मिडफिल्डमा रहेर रक्षापंक्तिलाई सपोर्टको रुपमा उनले आफुलाई प्रमाणित गरिसकेका छन् ।

जोसुवा किमिच फेरि पनि राइट ब्याकको भूमिकामा देखिन सक्छन् । त्यसैले ओजिल, स्लोभाकियाबिरुद्धको खेलमा जर्मनीको मध्यक्षेत्रमा अहम् भूमिकामा हुन सक्छन् । जर्मनीका स्टार स्ट्राइकर थोमस मुलर जारी युरोमा अझै गोलको खोजीमा छन् । यस्तो परिप्रेक्षमा टोलीका अभागी स्ट्राइकर मारियो गोट्जेलाई ओजिलले उत्तम बिकल्पको रुपमा प्रयोग गर्न सक्नेछन् ।

जर्मनीको आक्रामक खेलमा ओजिल जहिलेपनि केन्द्रबिन्दूमा रहन्छन् । तर आलोचकहरुले भने उनले डिफेन्सिभ खेलप्रति टिप्पणी गर्दै उनको यस्तो प्रदर्शनले जित हासिल नहुने बताउँछन् ।

मार्टिक स्कर्टेल

स्लोभाकियाका सेन्टर डिफेण्डर तथा लिभरपुलका स्टार मार्टिन स्कर्टेलको प्रदर्शन वेल्ससँगको तुलनामा समूहको अन्तिम खेलमा इंग्ल्याण्डबिरुद्ध निक्कै सुधारिएको पाइएको थियो । स्लोभाकियाको रक्षापंक्तिमा उनको नेतृत्व हेर्नलायक हुनेछ । उनलाई जान डुरिकाले सघाउनेछन् । उनीहरुलाई इंग्ल्याण्डबिरुद्धको बराबरीको श्रेय जान्छ, जुन खेलमापछि स्लोभाकिया नकआउट चरणमा छनौट भएको थियो ।

विश्व बिजेता जर्मनीको कठिन चुनौति पन्छाउन र क्वाटरफाइनलमा स्थान बनाउनका लागि स्लोभाकियाका लागि एउटा उत्कृष्ट प्रदर्शनको जरुरी छ । विश्व च्याम्पियन जर्मनीको खेलका लागि तयार रहन मार्टिक स्कर्टेललाई सन् २०१० को विश्वमा निस्किएको एक जितको प्रेरणा पनि छँदैछ । त्यतिबेला स्लोभाकियाले इटलीलाई पराजित गरेको थियो र इटली विश्वकपबाट बाहिरिएको थियो ।

स्कर्टेलले गत बिहीबार पत्रकारहरुसँग भनेका थिए कि हामी सम्मानका साथ खेल्छौं र बिनम्रंतापूर्वक खेल्छौं । किनकि हामीलाई जित्नुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?