+
+
Shares

सेयर भर्ने हो ? आजदेखि दिब्येश्वरी हाइड्रोको आइपिओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते ९:००

share-ipo१३ असार, काठमाडौं । सोमबार (आज) देखि दिब्वेश्वरी हाइड्रोपावरको ३ लाख ९६ हजार कित्ता सेयर निष्काशन हुँदैछ । प्रतिकित्ता सय रुपैयाँ अंकित दरले हाइड्रोपावरले ३ करोड ९६ लाख रुपैयाँ बरारबरको साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको साधारण सेयरमा सोमबारदेखि बिहीबारसम्म आवेदन दिन सकिने निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटलले जनाएको छ ।

कम्पनीले पुर्वकोपहाडी जिल्ला संखुवासभाको सभा खोलाबाट ४ मेगावाट विद्युत उत्पादन गर्ने छ । कम्पनीको चुक्ता पुँजी १९ करोड र अधिकृत पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष प्रतिसेयर नेटवर्थ ८७ रुपैयाँ रहेको कम्पनीले चालु आर्थिक वर्षमा प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ रहने अनुमान गरेको छ ।

२०६५ सालमा स्थापना भएको कम्पनी ०६९ सालदेखि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । पाइलट दधी निरौला कम्पनीका अध्यक्ष छन् ।

कहाँ-कहाँ पाइन्छ फारम ?

एस क्यापिटलका प्रमुख सञ्चालन अधिकृत रामकुमार महतका अनुसार एस क्यापिटलको काठमाडौ. स्थित कार्यालय, एस डेभलपमेन्ट बैंकका देशभर रहेका १२ वटै कार्यालयबाट सर्वसाधारणले सेयरको आवेदन फारम भर्न सक्नेछन् ।

त्यसैगरी, बिर्तामोडमा एक्सल डेभलपमेन्ट बैंक, पोखरामा गरिमा विकस बैंक, महेन्द्रनगरमा महाकाली विकास बैंक, इटहरी र बिराटनगरमा त्रिवेणी विकास बैंक, धनगढी र नेपालगञ्जमा मालिका विकास बैंक, बुटवलमा एभरेष्ट फाइनान्सबाट सेयरका लागि आवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?