+
+
Shares

अफगानिस्तान फर्कन चाहनेलाई अनुमति !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १३ गते ६:२३

bus_afganistan१३ असार, काठमाडौं । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिवन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुटि्टमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ ।

श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकोले नजान आग्रह गर्दै सर्वसाधारणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

अफगानिस्तानको राजधानी काबुलमा क्याडेली दूतावासमा गार्डको काम गर्दै नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादी आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषदले  अफगानिस्तान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारीका लागि जान प्रतिवन्ध लगाएको थियो ।

श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?