Comments Add Comment

डाटसनको ब्रान्ड एम्बेसडर बने क्रिकेटर भेष्वाकार

datsun-go

१३ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी शरद भेष्वाकार डाटसन गाडीको ब्राण्ड एम्बेसडर बनेका छन् । कम्पनीले ब्रान्ड एम्बेसडर भेष्वाकरलाई डाटसन गो कार प्रदान गरेको छ ।

जापानी ब्रान्ड डाटसनले गाडी उत्पादनमा सय वर्ष पुरानो इतिहास बनाइसकेको छ । अहिले नेपाली बजारमा डाटसनका दुईवटा मोडल ‘गो’ र ‘गो प्लस’ उपलब्ध छन् । नेपाल भित्रिएको छोटो अवधिमै डाटसन इन्ट्री लेवल गाडीमा लोकप्रिय बन्न सफल भएको छ ।

डाटसन गोले गएको वर्ष जेनिटेसन अटो अवार्डमा ‘इन्ट्री लेवल हृयाचब्याक अफ द इयर’ जितेको थियो । १२ सय सिसी इञ्जिन क्षमता भएको डाटसन गो सबैभन्दा बढी इन्धन किफायती गाडी भएको कम्पनीको दाबी छ ।

डाटसन गोमा इर्गोनोमिक गियर सिफ्ट, पार्किङ ब्रेक पोजिसनल प्रयोग गरिएको छ । यो गाडी नेपाली सडक सुहाउँदो रहेको कम्पनीको भनाई छ ।

यसैगरी नेपाली बजारमा भित्रिएको डाटसन गो प्लस सेभेन सिटर गाडी हो । यसमा डिओएचसी १.२ लिटरको पेट्रोल इञ्जिन, ५ स्पिड म्यानुअल गियर, प्रतिलिटर २० किलोमिटर माइलेज लगायतका विशेषताहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment