Comments Add Comment

इटली भर्सेस स्पेनः रत्तपात र प्रतिशोधले भरिएको सम्वन्ध

Italy

मिडफिल्डर लुइस इनरिकेको नामबाट रगत बगिरहेको थियो, सेतो टावेल भिजेर रगत अनुहारभरी लत्पतिएको थियो ।

अमेरिकाको मासाचुसेट्समा भएको खेलमा इटालीका रोवर्टो बाजियोले ८८औं मिनेटमा गरेको गोलमार्फल स्पेन विश्वकपबाट बाहिरिएको थियो । रेफ्री सान्दोर पलले रियल मडि्रड फर्वार्ड इनरिकेलाई इटालीका माउरो तास्सोट्टीले डिबक्सभित्र नाकमा मुक्का हानेको देखेनन् । देखेनन् या देख्न चाहेनन् ।

यो घटना सन् १९९४ को विश्वकप फुटबलको हो र उल्लिखित बयान स्पेनका तत्कालिन प्रशिक्षक जाभियर क्लेमेन्टेको हो । ‘रेफ्रीले त्यहाँ ठूलो गल्ती गरे’, जाभियरले भने, ‘खासमा त्यो गल्ती पनि होइन, वास्तवमा उनी त्यो घटना हुँदा निक्कै नजिकै थिए र पनि उनले पेनाल्टी दिन आवश्यक ठानेनन् ।’

प्रशिक्षक जाभियरले भने कि ‘त्यो इटली थियो । उनीहरु बलिया थिए । रंगशाला भरी इटलीका समर्थक थिए । अमेरिकी भन्दा धेरै इटालीयन समर्थक थिए त्यहाँ । रंगशालामा उपस्थित ५० हजारभन्दा बढि समर्थकका अगाडि उनी निक्कै डराए । त्यो उनीहरुको ‘होम गेम’ थियो । तर रेफ्रीले होम टिमबिरु्द्ध बहादुरीपूर्ण निर्णय लिन सकेनन् ।’

पछि खेलको भिडियो हेरेर तास्सोट्टीलाई ८ खेलको प्रतिबन्ध लगाइयो । तर त्यो निक्कै ढिला भइसकेको थियो । जाभियर भन्छन्, ‘त्यतिबेला हामी फाइनलसम्म पुग्न सक्थ्यौं ।’

त्यही इटलीले ८ दिनपछि ब्राजिलसँग फाइनल खेल्यो । समय वित्दै जाँदा इटली र स्पेनको सन् २००८ को युरोमा भेट भयो । त्यतिबेला स्पेनिस मिडियाले लेखेका थिए कि ‘इटली, हामीले त्यो दिन बिर्सेका छैनौं ।’

यो बीचमा स्पेनिस फुटबलले सबैथोक ब्यहोर्‍यो । स्पेनिस फुटबल रक्षात्मक, फोहोर, निन्दनीय, बोरिङ र …. सफलता ।

२० बर्षपछि अहिले सबै परिवर्तन भएको छ । तर, पछिल्ला केहि दिनहरुमा स्पेनको स्थायी परिवर्तनको परीक्षा भइरहेको छ । जाभियर भन्छन्, ‘-इटली) तिम्रो समय सकिएको छ । अष्ट्रियामा स्पेनले प्रमाणित गर्‍यो ।’

‘इटली जहिलेपनि उस्तै टोली हो तर, स्पेनले उसलाई प्रतियोगिताबाट बाहिर पठाइदियो’ स्पेनिस पूर्व मिडफिल्डर अल्भारो अर्वेलोआले भनेका छन् ‘पहिला डर थियो तर, स्पेनले इटालीलाई क्वाटरफाइनलमा नकआउट गर्‍यो ।’

पहिलो पटक थियो स्पेनले इटलीलाई नकआउट चरणमा हराएको । त्यो जित मात्र थिएन जितको सुरुवात थियो । फाइनलमा फर्नाण्डो टोरेसले गरेको गोलको सहयोगमा स्पेन ४४ बर्षपछि युरो च्याम्पियन बनेको थियो ।

त्यसको चार बर्षपछि स्पेलले युरोको उपाधि रक्षा गर्‍यो । फाइनलमा उनै इटली ४-० गोलको फराकिलो अन्तरले निरिह बन्यो । त्यसको १ बर्षपछि कन्फेडेरेसन कपको सेमिफाइनलमा पेनाल्टी शुटआउटमा पराजित हुनपुग्यो ।

स्पेनले सन् २०१२ को युरोमा इटलीलाई समूह चरणबाटै बाहिर पठाउन सक्थ्यो, यदि उसले क्रोएशियासँग २-२ गोलको बराबरी खेलेको भए ।

त्यसपछि स्पेनिस मिडियाले इनरिकेको रगतपक्ष फोटो हाले र हेडलाइन परिवर्तन गर्दै लेखे ‘चिन्ता नलेउ इटाली, हामीसँग कुनै द्वेष छैन ।’

र, अव फ्रान्समा उनीहरु पुनः भिड्दैछन् । ‘मैले २०१२ को फाइनल टेलिभिजनमा हेरेको थिएँ, म त्यसलाई सबैभन्दा खराव समयमध्येको एकको रुपमा सम्झन्छु । म अपेक्षा गर्छु कि हामीले बदला लिन सकौं’ इटालीयन खेलाडी माट्टेओ डर्मियनले भनेका छन् ।

‘सबैकुरा परिवर्तन भएको छ’ स्पेनका पूर्व प्रशिक्षक जाभियरले भने, ‘त्यो रक्तपातपूर्ण नर्कबाट फर्केर हेर्दा स्पेनिस टोली निक्कै बलियो भएको छ । उनीहरुलाई हराउन कठिन छ ।’

इटलीका प्रशिक्षक एन्टोनियो कोन्टेले स्वीकार गरेका छन् कि ‘स्पेन प्रतियोगिताको सबैभन्दा दावेदार टोली हो ।’ उनले अघि थपे, ‘हामी स्पेनको सम्मान गर्छौं, र हामी स्पेनसँगको खेलका लागि तयार छौं ।’

यता स्पेनिस प्रशिक्षक भिन्सेन्ट डेल वक्सले भने, ‘गत संस्करणमा हाम्रो पहिलो खेल इटलीसँग थियो । हामीभन्दा उनीहरु राम्रा थिए, त्यसैले हामीले बराबरीमा चित्त बुझायौं । तर, प्रतियोगिताको अन्तिममा हामीले उसैलाई हराएर उपाधि जित्यौं । यसपटक पनि हाम्रो टोलीले यस्तै प्रदर्शन गर्ने अपेक्षा मेरो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment