Comments Add Comment

‘लालजोडी’ गीतमा ज्योतीको प्रेम रजनी र आयुष्मासँग

jyoti and rajani kc
संचारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालजोडी’को पहिलो भिडियो गीत सार्वजनिक गरिएको छ ।

‘गाजल लाएर हो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिनेछ । पूर्णतया कमेडी शैलीको यो चलचित्र भदौ १७ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, वुद्धी तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगायतका कलाकारको अभिनय छ ।

दीनेश सुवेदीको शब्द, टंक बुढाथोकीको संगीत, राजेश पायल राइ र मनिषा पोख्रेलको आवाज रहेको यो गीत रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतमा ज्योतीको प्रेम रजनी र आयुष्मा दुबैसँग देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment