+
+
Shares

सबैभन्दा धेरै धान फल्ने झापामा ६ प्रतिशत रोपाईँ

गौरव पोखरेल गौरव पोखरेल
२०७३ असार १५ गते १७:२०

Dhan-Ropai

१५ असार, झापा । देशमै सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापामा असार मध्यसम्म ६ प्रतिशत मात्र रोपाईं सकिएको छ ।

जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमिल्सिनाका अनुसार यसपटक बेलैमा पानी परे पनि किसानले ढिलो गरी बीऊ राखेका कारण रोपाईँ ढिलो भएको भएको हो ।

जिल्लामा ९० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गर्छ भने १९ हजार ५ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।

यसपालि जिल्लामा रासायनिक मलको अभावसमेत नभएकाले उत्पादन पनि नघट्ने कृषि कार्यालयका प्रमुख तिमिल्सिना बताउँछन् । ‘यसपालि झापामा रासायनिक मलको अभाव छैन’, उनले भने, प्लटिङका कारण खेतीयोग्य जमिन घट्दै गए पनि धानको उत्पादनमा भने गिरावट देखिँदैन ।’

झापामा पनि मनाइयो धान दिवस

असार १५ अर्थात्, राष्ट्रिय धान दिवसको अवसरमा कृषि विकास कार्यालय झापाले बुधबार कन्काई नगरपालिकामा धान रोपाइर्ँ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अत्याधुनिक प्रविधिको उपकरणबाट धान रोपियो ।

कन्काई नगरपालिका-१, जामुनबारीमा आयोजित कार्यक्रममा रोपाईँ दौड प्रतियोगिता समेत गरियो । कार्यक्रममा उपस्थित जिल्लाभरका कृषक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलगायतले हिलो छ्यापाछ्याप गर्दै दही चिउरा खाएर मनोरञ्जन गरेका थिए ।

‘धान रोप्ने उपकरणबाट उत्पादकत्व बढ्छ’

कार्यक्रममा वरिष्ठ कृषि अधिकृत तिमिल्सिनाले धान रोप्ने उपकरणले वैज्ञानिक ढंगबाट धान रोप्ने भएकाले उत्पादकत्व बढ्ने उल्लेख गरे ।

धानले खाद्यान्न बालीको प्रमुख हिस्सा ओगट्ने भएकाले अब आधुनिक उपकरण अनिवार्य भइसकेको उनको भनाइ थियो ।

किसानले उत्पादन गरेको धानले उचित मूल्य नपाउँदा किसान चितिन्त हुनु परेको भन्दै उनले देशभित्रै उत्पादन भएको बस्तुको बजारिकरणमा जोड दिनुपर्ने बताए ।

नेपालमा करीब ९० अर्बको धान उत्पादन

नेपालमा करीब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको तथ्यांक छ । तर, यहाँ धानखेती हुने करीब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ । अन्य क्षेत्रमा भने आकाशे पानीको भर पर्नुको विकल्प छैन ।

यस्ता विभिन्न कारणहरुले गर्दा वर्षेनी धान दिवस मनाइए पनि धानको उत्पादनमा सोचे जस्तो बृद्धि हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?