+
+
Shares

टाइगरको खुलासा-‘दिशालाई प्रेम गर्छु तर…’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते १०:५१

tiger and disha patani
बलिउड नायक टाइगर श्राफ र उनको प्रेमिका दिशा पटानीको वारेमा गसिप सुरु हुन थालेको बलिउडमा धेरै भयो । दिशा र टाइगरलेसँगै डिनर खाएको र डेटिङ गएको भनेर भारतिय मिडियाले कलम चलाइसकेका छन् । तर, टाइगर र दिशाले यस विषयमा मुख खोलेका छैनन् ।

पछिल्लो पटक टाइगर- दिशा अभिनित म्युजिक भिडियो ‘बेफिक्रे’ सार्वजनिक भएपछि उनीहरुको सम्बन्धवारे मिडियाले थप चासो दिए । टाइगर र दिशा दुबै चर्चित डान्सर हुन् । यस गीतमा उनीहरुको केमेस्ट्री मात्रै मिलेको छैन, पाँच पटक लिप किस गरेका छन् ।

आफुहरु पुरानो साथी भएको भन्दै टाइगरले दिशालाई साथीको रुपमा प्रेम गरेको बताए । ‘हामी दुबै सँगै डान्स गर्छौ, सँगै जिम जान्छौ र कहिले काँही डिनर पनि तर, साथी मात्रै हौं’ टाइगरले भने ।

आफूहरु बच्च्ाा जस्तै भएको बताउँदै दिशाले टाइगरसँग आफूलाई कम्र्फट हुने बताईन् । फुटबल र बास्केटबलसँगै खेल्ने गरेको बताउँदै दिशाले पनि टाइगर राम्रो साथी भएको बताइन् ।

नीरज पाण्डे निर्देशित ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’वाट बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी दिशाले ‘कुँग फू योगा’मा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?