
१६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यकता भइसकेको बताएका छन् ।
बाँकेमा बिहीबार आयोजित कार्यक्रममा प्रचण्डले देश अहिले पनि अप्ठ्यारोमा रहेको बताए । उनले भने, ‘यसका निम्ति राष्ट्रिय एकताको खाँचो छ ।’
संविधानलाई लिएर आदिवासी जनजातिका चिन्ता रहेको भन्दै उनले त्यसलाई सम्बोधन गर्न पनि राष्ट्रिय एकताको खाँचो रहेको बताए ।
‘राजनीतिक नेतृत्वमा देखापरेको अहंकारले राष्ट्रिय एकता कायम गर्न समस्या छ,’ उनले भने, ‘राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’
संविधान कार्यान्वयन, शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न र मधेसी जनजातिका चिन्ता सम्बोधन गर्न पनि एकता चाहिने उनले बताए ।