Comments Add Comment

समर्थन गुमाउँदै डा. केसी

govinda kc (3)१७ असार, काठमाडौं । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोबिन्द केसीप्को घोषित आठौं आमरण अनशनले चिकित्सा समुदायमा स्पष्ट विभाजन ल्याउन थालेको छ ।

यसअघि चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार समाप्त गर्नुपर्ने मूख्य मागसहित केसी अनशन बस्दा उनलाई समर्थन गर्ने प्रमुख व्यक्तिहरु उनको घोषित आगामी अनशनको विरोधमा छन् वा त्यसप्रति उदासीन र मौन । आजको अन्नपूर्णमा समाचार छ ।

केसी संलग्न त्रिवि शिक्षण अस्पताल प्रशासनले भने यसबारे व्यवहारिक रुपमा कुनै प्रतिक्रिया दिइसकेको छैन तर अनशन र त्यसपतिछ उत्पन्न हुने परिस्थितिमा पनि ठूलो अस्पताल पर्दा बिरामीहरुको स्वास्थ्ा सेवा पाउने अधिकार हनन तथा अस्पताललाई आर्थिक हानि पुग्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

यसअघि केसीको अनशनका कारण बिरामी विद्यार्थी र प्राध्यापक स्वयंलाई पर्ने नकारात्मक असरबारे अनसन उठाउँदै आएका आईएमका एक प्राध्यापकले अस्पतालमा हुने अनशन र त्यसपछि उत्पन्न हुने परिस्थितिको सबै पाक्षबाट मुल्यांकन गर्नुपर्ने अवस्था आएको बताए ।

उनका अनुसार केसीको अनशनका विषयलाई लिएर यसपटक प्राध्यापक, अस्पतालका कर्मचारी र विद्यार्थीबीच व्यापक असन्तुष्टिसँगै विभाजन ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment