Comments Add Comment

जब प्रधानमन्त्री ओलीले अनमोलको प्रशंसा गरे…

anmol kc

आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चलचित्र क्षेत्रसँग आफू हरदम भएको बताए । आज आयोजित ‘फान अवार्ड’मा प्रमुख अतिथी भएर पुगेका ओलीले नेपाली चलचित्र क्षेत्रका अहिलेका चर्चित नायक अनमोल केसीको खुलेरै प्रशंसा गरे ।anmol got award

उनले नायक अनमोल केसीले चढेको उकालो र छोएको उचाई प्रशंसनिय भएको बताए । अनमोल चलचित्र क्षेत्रमा आएको त्यती लामो समय भैनसक्दा पनि उनले जुन तरिकाले उकालो चढेका छन्, त्यो आफैमा प्रशंसनिय भएको प्रधानमन्त्रीको भनाई थियो ।anmol kc 1

उनले नायक राजेश हमाल, नायिका रेखा थापाको कुरा  गर्दा गर्दै अनमोलको प्रशंसा गरेका थिए । प्रधानमन्त्री ओलीले भने-‘अनमोलको क्रेज नयाँ पिडीमा खुबै बढेको देखेको छु ।’

प्रधानमन्त्रीले आफ्नो मन्तव्यमा नै यसरि प्रशंसा गरिरहँदा दौरा सुरुवाल र टोपीमा सजिएका अनमोल मुसुमुसु हाँसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment