Comments Add Comment

मुगुको दुर्गम गाँउमा स्वास्थ्य शिविर

mugu_helth_camp

१९ असार, मुगु  । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगको तारा पानीमा जिल्ला स्वास्थ्य कार्यालय मुगुले बृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सदरमुकाम गमगढी देखि करिव २१ कोष टाढा रहेको सो शिविरमा सोरु भेकका सात गाविसलार्इ लछित गरि २ दिने शिविर आयोजना गरिएको थियो ।

असार १५ र १६ गते संचालन गरेको जिमा, रारा, कालै, नाथर्पु, धैन, फोतु र भिर्इ गा। वि। स। का जनताहरुका लागि शिविर संचालन गरिएको थियो । विषेश गरेर महिला वाल वालिका जेष्ठ नागरिक अपाँङ्ग असहाय जस्ता सदरमुकाम लगाएत टाढा गएर उपचार गर्न नसक्नेहरुका लागि संचालन गरिएको थियो ।

शिविरमा करिव ५ सयको हारा हारिमा उपचारका लागि मानिसहरु आएका  थिए । आफ्नै घर आँगनमा निशुल्क स्वास्थ्य जाँच र औषधि पाँउदा अधिकाँश मानिसहरु खुसि देखिएका थिए । शिविरमा उपचारका लागि पुरुषको तुलनामा महिला र वाल पालिकाहरुको उल्लेख्य उपस्थिति देखिन्थ्यो ।

असार महिनाको कामको चटारोका कारण लक्ष अनुसार मानिसहरुको उपस्थिति अलि कम भएको स्वस्थ्यकर्मीको अनुमान छ । अधिकाँश मानिसहरुमा ग्यास्ट्रिकको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तो शिविर बेला बेला संचालन गरि दिए राम्रो हुने स्थानीयको चाहना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment