Comments Add Comment

यूएईमा नेपाली समुदायलाई लक्षित गरी ‘काठमाडौ रेष्टुरेण्ट’

kathmandu resturent1करिब १४००० भन्दा धेरै नेपालीहरूको बाक्लो बसोबास भएको यूएईकै शान्त ठाउँ रस अल खैमहको नखिलमा पहिलोपल्ट नेपाली समुदायलाई लक्षित गरी विधिवत रूपमा “काठमाडौ रेष्टुरेण्ट” सञ्चालनमा आएको छ ।
रस अल खैमहको ईतिहासमै पहिलोपल्ट अौपचारिक रूपमा उद्घाटन गरेर खोलिएको यो पहिलो रेष्टुरेन्ट हो जहाँ रस अल खैमहका क्रियाशिल सबै सामाजिक, राजनीतिक संघसंस्थाहरूलाई निम्तो गरी बोलाईएको थियो र सोही अनुरूप ३०० भन्दा बढी नेपालीहरूको उल्लेख्य सहभागी भएको थियो । यो भन्दा अघि पनि रस अल खैमहमा थुप्रै रेष्टुरेण्टहरू सञ्चालनमा आए र बन्द भए तर यो नै पहिलो रेष्टुरेण्ट बनेको छ जसले सबै संघसंस्थाका प्रतिनिधिहरूलाई बोलाएर दुई शब्द मन्तव्यका साथै सामाजिक उत्तरदायित्व उपर धारणा व्यक्त गर्न लगाएका थिए ।
ktm resturantसमुद्घाटन कार्यक्रम चर्चित लोक गायक तथा आन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, यूएईका महासचिव गोपी कृष्ण पंगेनी तथा रेष्टुरेन्टकै स्थानिय स्पोन्सर शेख हसन अलीबाट संयुक्त रूपमा बिधिवत तवरले रिवन काटी गरिएको थियो ।
 उद्घाटन लगत्तै ईनासद्वारा सञ्चालित हाम्रो लोक चौतारी वाट्सएप ग्रुपमा आवद्ध लोक गायक तथा गायिकाहरूले लोक भाकामा दोहोरी खेलेर कार्यक्रमको माहोल नै संगीतमय बनाउँदै छुट्टै मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा, गैर आवासिय नेपाली संघ रस अल खैमह क्षेत्रिय कोषाध्यक्ष सन्तोष पौडेल, दैलेखी सेवा समाजका केन्द्रिय अध्यक्ष गणेश शाही, अर्घाखाँची सम्पर्क समिति रस अल खैमह क्षेत्रिय अध्यक्ष टमलाल पाण्डे, नेपाली जनप्रगतिशिल मञ्चका निबर्तमान उपाध्यक्ष तथा हाल युएई सचिवालय सदस्य धन बहादुर चन्द, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज रस अल खैमह क्षेत्रिय अध्यक्ष केविनजंङ शाही, बाग्लुङ सेवा समाज रस अल खैमह क्षेत्रिय समाजका गंगा पौडेल,  झापाली समाज यूएईका केन्द्रिय सदस्य रोशन दाहाल, दाङ देउखुरी समाज रस अल खैमह क्षेत्रिय सचिव अमर सिंह खत्री, एकता केन्द्रका संगिता थापा मगर, प्रमूख अतिथि गोपी कृष्ण पंगेनी, लोक गायक प्रकाश सुवेदी आदिले शुभकामना मन्तव्यका साथै नेपालीको एकल लगानीमा सञ्चालित यो रेष्टुरेन्टको सफलता संगै सामाजिक सेवामा पनि अघि बढ्न अनुरोध गरेका थिए  ।
आज भन्दा ७ बर्ष अघि वयरहाउस क्लिनरको रूपमा यूएई अाएका काठमाडौका रेष्टुरेन्ट सञ्चालक राम क्षेत्रीले सबैलाई धन्यबाद ज्ञापन गर्दै नेपालीले नेपालीकै लगानीमा सञ्चालित सबै खाले संस्थाहरूमा यस्तै गरेर सधै टेवा दिन अनुरोध गर्नु भयो । समाजसेवी सन्तोष अधिकारीको सहयोगमा सो कार्यक्रमलाई फेसबुकमा लाईभ गरिएको थियो भने कार्यक्रम ईनासका राम तामाङले सञ्चालन गरेका थिए ।
कार्यक्रमकै दौरान, झापाली समाजको अगुवाईमा सञ्चालित भिजिट भिसामा यूएई आई असामयिक निधन भएका झापाका स्व. विशाल मेचेको लागी अर्घाखाँची सम्पर्क समिति रस अल खैमहले उठाएको रकम हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment