+
+
Shares

दोलखाको तल्लो खारेखोला हाइड्रोमा लगानीको अबसर

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ असार १९ गते १४:४०

Khara-khola1१८ असार, बुटवल । युनिभर्सल पावर कम्पनीले हाइड्रोमा लगानी गर्ने अबसर खुल्ला गरेको छ । कम्पनीले रुपन्देहीको बुटवलमा सेयर प्रवर्द्धनात्मक कार्यक्रम गर्दै सो बारेमा जानकारी गराएको हो ।

सो कम्पनीले दोलखाको सुरी, चंखु र खारे गाबिसमा ११ मेघावाट क्षमताको तल्लो खारे खोला जलबिद्युत आयोजना सञ्चालन गर्दैछ ।

बुटवल उद्योग बाणिज्य संघको साझेदारीमा शनिबार बुटवलका उद्योगी व्यबसायीलाई सो कम्पनीको सेयर बिक्री सम्बन्धी जानकारी सहित सेयर खुला रहेको जानकारी गराएको छ ।

२ अर्व ४ करोड रुपैंयाको लागतमा निर्माण गर्न लागिएको जलविद्युत आयोजनाको तीन वर्ष भित्रमा निर्माण पुरा हुनेछ । परिवर्तनीय अग्राधिकार सेयर मोडलमा लगानी खुला गरेको सो कम्पनीको सेयर खरिदका लागि कम्तीमा एक लाख रुपैंया लगानी गर्नुपर्ने कम्पनीका वित्त व्यबस्थापक प्रभुलाल अधिकारीले जानकारी दिए ।

यो कम्पनीमा लगानी गर्दा वाषिर्क ७.५ प्रतिशतका दरले निर्माणकै अवधिमा सेयर प्रतिफलको रुपमा दिईने भएकाले यसमा लगानी गर्नु उपर्युक्त हुने उनको भनाइ छ ।

यो कम्पनीले यस अंगाडी पनि लमजुङ्को राधी ४.४ मेघावाट, खुदी ४ मेघावाट र स्याङ्गे १ सय ८३ वाटको जलबिद्युत आयोजना पुरा गरिसकेको छ भने दोलखाको तल्लो खारे खोला सहित लमजुङ्कै दोर्दी १०.३ मेघावाट, रुकुमको रुकुमगढ ५ मेघावाट र शंखुवासभामा कसुवा खोला ४५ मेघावाटको जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् ।

यस कम्पनीमा लगानी गर्न चाहनेले यहि असार महिना भित्रै लगानी गरिसक्नु पर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताका जिज्ञासालाई कम्पनीका अर्का बित्त व्यबस्थापक श्याम खड्काले सम्बोधन गर्दै कम्पनी र कम्पनीले अगाडी सारेका जलबिद्युत आयोजनाको बारेमा बिस्तृत जानकारी गराए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले मुलुकको आर्थिक बिकासको मेरुदण्ड कृषि, उर्जा, उद्योग र पर्यटन रहेकाले यी क्षेत्रमा लगानी अभिबृद्धि गर्ने खालका कार्यक्रमलाई संघले प्राथमिकताकासाथ प्रवर्द्धनात्मक कार्यक्रम गर्ने गरेको उल्लेख गरे ।

उनले मुलुक उर्जा संकटले लथालिङग हालतमा पुगेको उल्लेख गर्दै जलविद्युतमा हुने लगानीले मुलुकमा अन्य बिकासका पूर्वाधारको समेत पुर्वाधार सावित हुने बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष खेमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुँवर लगायतले जलविद्युतमा लगानी अपरिहार्य रहेको उल्लेख गरे ।

सो अबसरमा बोल्नेहरुले आगामी एक दशकसम्म जलविद्युत आयोजनाहरुमा शेयर लगानी गर्नेहरुले तुलनात्मकरुपमा राम्रो लाभ लिनसक्ने औंल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?