+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

पोर्चुगिज प्रशिक्षक भन्छन्, वेल्सले सक्नेजति गरिसक्यो, अब अगाडि जाँदैन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २० गते १२:००

Farnando_-Santos

काठमाडौं । पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्तोषले जारी युरोकपको फाइनल प्रवेशका लागि हुने पोर्चुगल र वेल्सबीचको खेल आफ्ना सुपरस्टार क्रिष्टियानो रोनाल्डो र वेल्सका ग्यारेथ बेलबीचको प्रतिस्पर्धा मात्रै नभएको प्रष्ट पारेका छन् ।

प्रशिक्षक सान्तोषले भनेका छन् कि यी दुई खेलाडीले आ-आफ्नो टोलीका लागि मूख्य भुमिका निर्वाह गर्दै प्रेरणा प्रदान गर्न सक्छन् । तर अन्य सदस्यको अनुपस्थिति र सहयोग बिना उनीहरुले बुधबार राति हुने खेल आफ्नो पक्षमा ढाल्न सक्दैनन् ।

‘क्रिष्टियानो रोनाल्डोले आफ्नो टोलीका लागि कप्तानीको नमुना प्रस्तुत गरेका छन्,’ सान्तोषले पत्रकारहरुसँग भने, ‘उनले आफ्नो जिम्मेवारी उत्साहपूर्वक निर्वाह गरिरहेका छन्, उनी जहिले पनि जित्नका लागि खेल्छन् ।’

उनले अघि भने, हामी एक महान टोलीबिरुद्ध फाइनल प्रवेशका लागि भिड्दैछौं, रोनाल्डो र बेलको प्रतिस्पर्धाले मात्र खेल निर्णायक हुने होइन ।’

वेल्सले आरोन राम्से र बेल डेभिसलाई गुमाएको छ । ‘हामीसँग पनि विलियम कार्भाल्हो छैनन् । आन्द्रे गोमेस फिट भइसकेका छन् भने गुएर्रेइरो आगामी खेलसम्म फिट हुने अपेक्षा गरेका छौं’ प्रशिक्षक सान्तोषले भने ।

प्रतियोगितामा वेल्सको उपलब्धिका सन्दर्भमा सान्तोषले भने कि वेल्सले गर्न सक्नेजति गरिसक्यो, अव आशा छैन कि अगाडि जान्छ भनेर ।’

‘म प्रतियोगितामा वेल्सले जे गरिरहेको छ त्यो देखेर अचम्मित छैन’ सान्तोषले थपे, ‘तपाईंहरुले उनीहरुले छनौट चरणमा गरेको प्रदर्शन हेर्नुहोस्, उनीहरुसँग क्षमतावान खेलाडी छन् ।’
उनका अनुसार वेल्सले यसरी खेल्छ कि मानौ भोलि आउँदैन, जे गर्नुछ आजै गर्नुपर्छ । उनीहरु मैदानमा जे पनि गर्न सक्छन् ।
सान्तोषले भनेका छन्, वेल्स महान टोली हो । उनीहरु संगठित छन् । र उनीहरुका प्रशिक्षक पनि टोलीले के गर्नुपर्छ ठ्याक्कै पत्ता लगाइहाल्छन् ।’

आफ्नै खेलाडीको सन्दर्भमा पोर्चुगिज प्रशिक्षक सान्तोषले भनेका छन् कि वेल्सबिरुद्धको लडाईअघि हामीले आफुलाई सुधार गर्नु जरुरी छ । सान्तोषले भने, ‘यहाँसम्म आउनु कुनै सपनाको कुरा होइन । किनभने म मेरो टोलीको क्षमतामा पूर्ण विश्वास गर्छु । मेरो विश्वास यो छ कि हामी फाइनलमा पुग्छौं तर त्यसअघि सेमिफाइनल जित्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?