Comments Add Comment

हारेर पनि अवार्ड जितेका यूवराज

yubraj chaulagain
चलचित्र ‘क्लासिक’मा समावेश ‘हाँ..रे’ बोलको गीत गाएर गायक यूवराज चौलागाइले काठमाण्डौमा आयोजित ‘फान अवार्ड’मा उत्कृष्ट गायकको अवार्ड जिते । अवार्ड जितेपछि यूवराजलाई कार्यक्रम संचालक विल्सन विक्रम राइले भने-‘हारेको गीत गाएर अवार्ड जित्ने गायक’ ।

गायक चौलागाइको चर्चा पछिल्लो २ बर्षमा ह्वात्तै बढेको छ । चलचित्र ‘नोभेम्बर रेन’मा समावेश ‘तिमीलाई म के भनुँ’ बोलको गीतले उनलाई नेपालमा आयोजना भएका आधा दर्जन बढी अवार्ड जितायो ।

अब, उनले चलचित्र ‘क्लासिक’को गीतबाट अवार्ड जित्न थालेका छन् । उनले शनिबार जितेको अवार्ड ‘नवौ’ हो । उनले २ बर्षमा ९ वटा अवार्ड जितिसकेका छन् । यूवराज भन्छन्-‘आफ्नो मिहिनेत, दर्शक-श्रोताको मायाले यो सफलता पाइरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment