Comments Add Comment

सरकार फेर्नेबारे माओवादी केन्द्रमा द्विविधा

Mao-Office२२ असार, काठमाडौं । माओवादी केन्द्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार टिकाउँदा र गिराउँदा हुनसक्ने जोखिमसहितको द्विविधामा अल्झिएको छ ।

केन्द्रको मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरो बैठकमा सरकारको समीक्षा गर्न एजेन्डा प्रवेश गराइए पनि टिकाउने र गिराउनेबारे नेता द्विविधामा देखिए ।

सरकारका बारेमा बुधबार बस्ने बैठकमा छलफल गरी निर्णय गर्ने समझदारी पार्टीका नेताहरूले बनाएका छन् । राष्ट्रिय सरकारका बारेमा कांग्रेस र एमालेको रणनीति बुझ्ने, एमालेसँग भएको नौबुँदे लिखित र तीनबुँदे मौखिक सहमति कार्यान्वयनका लागि दबाब दिने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफ्नो पहलकदमी बढाइराख्नेमा केन्द्रित भएर निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएर बैठक सकिने एक नेताले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।

‘संविधान कार्यान्वयन, शान्तिप्रक्रियाको पूर्णता र पुनर्निर्माणलाई तीव्रता दिन सरकार छोड्न पनि भएको छैन । अहिलेकै तरिकाले सरकारमा बसिराख्न पनि भएको छैन । यही रूपमा बस्दा हामी झन् कमजोर हुन्छौं । सरकार र मन्त्रीका कार्यशैलीप्रति कोही नेता सन्तुष्ट पनि देखिँदैनन्’, पोलिटब्युरो सदस्य नारायण दाहालले बैठकपछि अन्नपूर्णसँग भने, ‘अहिलेका राष्ट्रिय एजेन्डा कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार गठन गर्नु उपयुक्त हुन्छ तर त्यसका लागि कांग्रेस र एमालेले गर्ने निर्णयमा निर्भर गर्छ । कांग्रेस, एमाले, केन्द्र, मधेसवादी र राप्रपा नेपाल एक ठाउँमा उभिएको अवस्थामा राष्ट्रिय सरकार बन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment