Comments Add Comment

यूईएफएको प्रस्ताव अस्वीकार, वेल्सका खेलाडीले छोराछोरी मैदानमै लैजाने

Wales

वेल्सले यूईएफएको प्रस्ताव अस्वीकार गरेको छ र युरो २०१६ मा पोर्चुगलसँग सेमिफाइनलमा हार जित जे भएपनि खेलाडीहरुले आफ्नो छोराछोरीलाई सेलिब्रेसनका लागि मैदानमा ल्याउने भएका छन् ।

झण्डै एक महिना लामो प्रतियोगिताका क्रममा वेल्सका खेलाडी र स्टाफले खेलका क्रममा आफ्नो बच्चा लैजाने र सेलिब्रेसन गर्ने गरेका थिए ।

यूईएफएले स्वास्थ र सुरक्षाको कारण देखाउँदै लियोनमा खेलाडीका बालबच्चा नलैजान वेल्सलाई भनेको छ ।

तर, वेल्सले त्यसलाई अस्वीकार गरेको छ र भनेको छ कि बुधबारको खेल सकिएपछि आफ्ना खेलाडीका बच्चाहरु मैदानमा जाने छन् ।

‘यो लामो समय अलग भएपछि आफ्नो बुबासँग जाने मौका हो’ वेल्सले भनेको छ, हार जित जे भएपनि हामी सेलिब्रेसनको यो शैली जारी राख्छौं ।’

बेल्जियममाथि ऐतिहासिक जित हात पारेपछि पनि वेल्सका खेलाडीहरुले मैदानमै आफ्ना छोराछोरीलाई लगेर सेलिब्रेसन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment