Comments Add Comment

‘ब्रासलेट’ नयाँ गीतः रजनीसँग रमेशको मायाको कुरा

rajani and ramesh in braslet
लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा फर्किन लागेका नायक हुन् रमेश उप्रेती । नेपालका केही कलाकारको कमब्याक गतिलो भैरहेको समयमा रमेशको अनुहार कत्तीको विक्छ भन्ने प्रतिक्षा सबैले गरेका छन् । भदौ १७ गतेबाट रिलिज हुने चलचित्र ‘ब्रासलेट’को व्यापारले यो कुराको पुष्टी गर्छ ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत र ट्रेलर सार्वजनिक गरिएको छ । सूचना तथा संचारमन्त्री शेरधन राइ कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित थिए ।

केशव भट्टराइले निर्माण गरेको यो चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा रमेशको साथमा नायिकाद्धय रजनी केसी र नम्रता सापकोटाको मुख्य भूमिका छ ।

राजेश पायल राई र प्रविशा अधिकारीको आवाजमा समावेश ‘खोई माया गरेको’ बोलको गीत युटुबबाट सार्वजनिक भएको छ । यो गीतमा रजनी र रमेशलाई फिचरिङ गरिएको छ ।

मदन घिमिरेको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रमा सुदिप बरालको छायांकन, गोविन्द राइको कोरियोग्राफी, हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment