Comments Add Comment

चोभारमा खुल्यो २५ करोडको लगानीमा हुप्पील्याण्ड एम्युज्मेन्ट पार्क

whoopee land (7)
२२ असार, काठमाडौं । चोभारमा बुधबारदेखि हुप्पील्याण्ड एम्युज्मेन्ट पार्क सञ्चालनमा आएको छ । अल्टिच्यूट इनोभेशन प्रालिले २५ करोड रुपैयाँको लगानीमा निर्माण गरेको वाटरपार्क बुधबारदेखि संचालनमा ल्याएको हो । पार्कको कांग्रेस नेता तथा सांसद रानन केसीले उद्घाटन गरे ।

whoopee land (4)
शान्त वातावरणमा शहरी कोलाहलबाट मुक्ति चाहनेहरुलाई लक्षित गर्दैसञ्चालन गरिएको पार्कमा सबै उमेर समूहका व्यक्तिहरुले आ-आफनो इच्छा अनुसारको खेलहरु खेल्न सक्नेछन् । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनारञ्जनका लागि पार्क उपयुक्त गन्तब्य भएको कम्पनीका सञ्चालक सौरभ बस्नेतले जानकारी दिए ।

whoopee land (6)
पार्कमा नेपालमै पहिलो पटक रेन्जर स्वीङ र डाइनोसर पार्क सञ्चालनमा ल्याइएको हो । रेन्जर र डाइनोसर पार्क नै पार्कको मुख्य आकर्षणको विन्दु हुने कम्पनीले जनाएको छ । डाइनोसर पार्कमा सानो नदी छ । त्यसमा रहेको डुंगामा ४ जना अटाउँछन् ।

डुंगा पानीमा आफैँ बग्दै गुफा र जंगल बीचबाट अघि बढ्छ । मान्छे नजिकै पुगेपछि डाइनासरले आवाज निकँलछ । ५ वटा डाइनोसर कटेपछि वनमान्छे देखिन्छ । डाइनोसरको पालोपछि मानव जातिसम्मको विकासक्रमबारे यसले जानकारी दिने कोसिस गर्ने कम्पनीले जानकारी दिएको छ । योसिहत वाटरपार्कमा एम्युजमेन्ट राइडका विभिन्न १७ किसिमका सुविधाहरु पनि छन् ।

whoopee land (8)
पार्कको ३६० रेन्जर नेपालमै पहिलो भएको दाबी गरिएको छ । जसमा पूरै ३ सय ६० डिग्री घुम्ने पुल सबैभन्दा आकर्षक रहेको बस्नेतको भनाइ छ । पार्कमा जहाजमा बसेर पिङ खेलेजस्तो गरी खेलिने स्विङसिप पनि अर्को आकर्षणका रुपमा रहेको छ ।

‘सबै उमेर समूहका व्यक्तिहरु यहाँ आएर स्वीमिङ सहित विभिन्न खेलहरु खेल्न सक्छन्, ‘ उनले भने, ‘पार्कलाई सबैले रुचाउने किसिमबाट निर्माण गरिएको छ ।

whoopee land (3)
पार्क ६० रोपनी जग्गामा फैलिएको छ । एम्युज्मेन्ट पार्कमा रेन्जर ३६० डिग्रीसहित स्वीमिङ, जुरासिफ सफारीसहित विभिन्न प्रकारका खेलहरु राखिएका छन् । विभिन्न १७ प्रकारका एम्जुमेन्ट राइडको सुविधा रहेको पार्कमा बालबालिका र युवाहरुले विशेष मनोरञ्जनका खेलहरु खेल्न सक्छन् ।
whoopee land (1)
पार्कमा आगामी दिनमा लगानी बढाउँदै विभिन्न सुविधाहरु थप गर्दै लैजाने योजना छ । पार्कमा राखिएका खेलहरु अन्तरराष्ट्रिय स्तरका रहेको कम्पनीको दावी छ ।

कम्पनीले पार्कमा आउने ग्राहकका लागि क्यास कार्डको व्यवस्था गरेको छ । यसले ग्राहकहरुलाई सहज हुने सञ्चालक बस्नेतले बताए । पार्कभित्र पैसा लिएर जाँदा भिज्न सक्ने भएकाले कम्पनीले क्यास यो व्यवस्था गरेको जनाएको छ ।

पहिले पैसा जम्मा गरेर कार्ड खरिद गरेपछि सोही कार्डबाट आफ्नो इन्छानुसार भुक्तानी दिन सकिनेछ । कार्डबाटै रेष्टुरन्टेको विल तिर्न र गिफ्ट तथा क्युरेटरका सामग्री खरिद गर्न पाइने छ । जम्मा गरेको पैसा सबै खर्च नभएमा पैसा फिर्ता गरिदिने व्यवस्था गरिएको छ । याे कार्ड परीक्षणा प्रयोग गरिएको हो ।

‘हामी ग्राहकको सुरक्षामा सचेत छौं । त्यसैले बीमाको व्यवस्था पनि गरेका हौं,’ बस्नेतले भने ।  कम्पनीले प्रति ग्राहक ५ लाख रूपैयाँको बीमा पनि गराएको छ ।
whoopee land (2)
कम्पनीले अहिले ओपनिङको अवसर पारेर ग्राहकलाई ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । १५ दिनसम्म सबै ग्राहकलाई ४० प्रतिशत छुट दिइने भएको बस्नेतले बताए ।

अरु समयका लागि बालालिकालाई ४ सय ७५ र माथिल्ला उमेरका लागि ८ सय २५ र टिकट दर तोकिएपनि अहिले सानाका लागि २ सय ९५ र ठूलाका लागि ४ सय ९५ रुपैयाँ तोकिएको छ ।  कम्पनीले टिकट बिक्रीबाट निश्चित प्रतिशत रकम चोभारमा पर्यटन विकासमा खर्चिने योजना पनि बनाएको छ ।

whoopee land (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment