+
+
Shares

स्काभेटरमा आगजनी पछि चैनपुर-दिपायल सडक निर्माण अलपत्र

शैलेन्द्र रोकाया शैलेन्द्र रोकाया
२०७३ असार २३ गते १०:५८

Dojar-Aagajani

२३ असार, बझाङ । चैनपुर-दिपायल सडकखण्ड निर्माण गरिरहेको बा २ फ १७५७ नम्बरको स्काभेटर (डोजर)मा आगजनी गरेपछि सडकखण्ड अलपत्र परेको छ ।

जिल्लाको सबैभन्दा चर्चामा रहेको चैनपुर-दिपायल सडकखण्डलाई गौरवको आयोजनाको रुपमा लिइन्छ । बझाङको पाराकाट्ने गाबिसको महेन्द्रधार नजिकै डोजर नै जलेपछि सडक निर्माणको काम अलपत्र परेको छ ।

आगलागीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने डोजरका लागि प्रयोग गर्न सडक मै १८ वटा ड्रममा भरेर राखिएको तीन हजार नौ सय साठी लिटर डिजेलमा समेत आगजनी भएको छ । आगजनीबाट एक करोड २५ लाख भन्दा धेरैको क्षति भएको साइट इन्चार्ज अर्जुन रोकायाले बताए ।

‘सोमबार साँझ काम गरेर हामी डेरा तर्फ आयौं,’ रोकायाले भने, ‘विहान काममा जाँदा मेसिन सहित सबै जलेर नष्ट भएका देखिए ।’

आगजनीबाट डोजरमा प्रयोग गर्न राखिएको २० लिटर हाइड्रोलिक र २० लिटर मोबिल समेत जलेको उनले जानकारी दिए ।

चैनपुर दिपायल सडकको निर्माण द क्याराभान कन्सट्रक्सन कम्पनीले गर्दै आएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल जोड्नका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा जिल्ला विकास समिति ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन कार्यक्रम (डिलिप) परियोजनाबाट गत वर्षदेखि खोली दंगाजी क्षेत्रमा सडक बनाउने काम भइरहेको छ ।

उक्त क्षेत्रमा बज्रगुरु खड्का कृष्ण जेभीले केही कडा स्थानमा ठेक्का लिएर सडक काट्ने मेसिन प्रयोग गरी काम गर्दै आएको थियो । भदौ २० गतेसम्म थलाराको खोलीमासम्म सडक पुर्‍याउने लक्ष्य थियो । दु्रत गतीले निर्माण कार्य भइरहेकाबेला स्काभेटर नै जलेपछि निर्माण कार्य ठप्प भएको छ ।

जिल्ला विकास समिति ग्रामिण पूर्वाधार तथा जिविको पार्जन कार्यक्रमका ईन्जिनियर गोरख जोशीले डोजर जलेसँगै ठेकेदार कम्पनीले काम गर्न नसक्नेे औपचारिक पत्र कार्यालयमा दिएको जानकारी दिए । डोजर जलाउनु गम्भीर अपराध भएको बताउँदै उनले केही दिनमा सरोकारवाला पक्षहरुसँग बसेर निर्माण कार्यबारे छलफल गरी निष्कर्षमा पुगिने बताए ।

स्काइभेटरमा आगलागी भएको खबर पाएपछि थलारा ईलाका र जिल्लाबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो । प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?