Comments Add Comment

सौगातको ‘हैरान’मा सलोनदेखि आँचलसम्म

Hairan (2)
विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘हैरान’को घोषणा गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र बन्न लागेको जानकारी दिएको हो । यो चलचित्रमा सौगातका पिता गजित बिष्टको साथमा सलोन बस्नेत, आँचल शर्मा, निश्मा घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

यस्तै, चलचित्रका लागि ८ देखि ११ बर्ष उमेरकी एक बालिकाको खोजी पनि गरिएको छ । जसले २ मिनेटको अभिनयको भिडियो बनाएर चलचित्रको अफिसियल फेसबुक पेजमा अपलोड  गर्न सक्नेछिन् । उत्कृष्ट हुने बालिकाले चलचित्रमा अभिनय गर्न पाउनुका साथै ५१ हजार नगद पनि प्राप्त गर्ने कार्यक्रममा जानकारी दिइयो ।

यस्तै, चलचित्रको निर्माणपक्षले ४ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीका लागि चित्रकला प्रतियोगीताको पनि आयोजना गरेको छ । ‘हैरान’लाई नेपाली र अंग्रेजी गरि दुबै भाषामा चित्रात्मक स्वरुप दिनुपर्नेछ । उत्कृष्ट हुनेले ५१ हजार पुरस्कार प्राप्त गर्न सक्नेछन् । चित्र बनाएर चलचित्रको फेसबुक पेजमा अपलोड गर्न आग्रह गरिएको छ ।

यस्तै, चलचित्रको निर्माणपक्षले अर्को प्रतिस्पर्धाको पनि आयोजना गरेको छ । ‘हैरान’ शिर्षकमा १ मिनेट ३० सेकेन्ड लामो भनाई राखेर तयार पारिएको भिडियो फेसबुक पेजमा अपलोड गर्न भनिएको छ । उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ । यसमा पनि ४ देखि १० कक्षाका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् ।

भदौको तेश्रो साताबाट छायांकनमा जाने यो चलचित्रमा संझना पोखरेल कार्यकारी निर्माताको रुपमा रहेकी छिन् भने मोहनकृष्ण श्रेष्ठ र वाइवी लामा यसका निर्माता हुन् । मुक्ति गुरुङ यसका प्रस्तुतकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment