Comments Add Comment

बजार अनुगमन देखाउनका लागि मात्रै होइनः मन्त्री पुन

Ganesh Man Pun (4)
२४ असार, भक्तपुर । आपूर्ति मन्त्री गणेशमान पुनले कालोबजारी र गुणस्तहिन सामान उपभोक्तामा पुग्नबाट रोक्न अनुगमन बढाएको बताएका छन् । उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने समेत बताएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको साक्षातकारमा मन्त्री पुनले कालोबजारी बढेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले अनुगमन गरेको बताए ।

बल्खु तरकारी बजारमा अनुगमन टोलीमाथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै मन्त्री पुनले अनुगन अघि सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन् ।

यस्तै उनले आगामी दिनमा उपभोत्ताको हितलाई ध्यान दिएर बजार अनुगमनलाई थप कडाइ गर्ने समेत बताएका छन् । ‘तपाईं हामीले कस्तो मासु खाँदै रहेछौँ भन्ने पनि देख्नुभयो होला, उपभोक्तालाई गुणस्तरदेखि नापतौल र मूल्यमा समेत ठग्ने गरेको भेटें,’ मन्त्री पुनले भने, ‘अनुगमनलाई निरन्तरता दिन्छु र अवैधानिक रुपमा कारोबार गर्नेमाथि निर्मम रुपमा प्रस्तुत हुन्छु ।’

यस्तै फरक प्रसंगमा मन्त्री पुनले सरकारले जुन गतिमा काम गर्नु पर्ने हो त्यसो हुन नसकेको स्वीकार गर्दै पुनर्निर्माण र संविधान कार्यान्वयन प्रक्रियामा सरकार झण्डै असफल रहेको टिप्पणी गरेका छन् ।

उनले चीनसँगको इन्धन सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको उपभोग गर्न पाइने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment