Comments Add Comment

यस्तो छ गोरखाको यो सुन्दरता !

gorkha (1)२५ असार, गोरखा । पहाडी जिल्ला गोरखा भन्नेवित्तिकै एउटा धमिलो तस्वीर याद आउँछ । १५ महिनाअघि बैशाख १२ मा बारपाक केन्द्रबिन्दु भएर आएको विनासकारी भूकम्पले सिंगो मुलवासीलाई रुवाएन मात्रै, विकासको गति नै केही वर्ष पर धकेलिदियो ।

गोरखाको बारपाक, लाप्राकलगायत धेरै रमणीय गाउँ भग्नावशेषमा परिणत भयो । स्वदेशी एवं विदेशी सञ्चार माध्यमले बारपाकबासीको दुःखको कथा वाचन गरिरहे । अहिले पनि भूकम्प र गोरखाको प्रसंग आउने बित्तिकै बारपाकको दुःखलाई महत्व दिने चलन छँदैछ ।

अहिले गोरखा बजारमा देखिने चहल पहल हेर्दा त्यो रोईलो अतिरञ्जित हो कि जस्तो पनि लाग्छ । गोरखा बजारमा उभिएर उत्तरतीर नियाल्दा लाग्छ । नेपालमा यो भन्दा सुन्दर ठाउँ अन्त पनि छ र ?

gorkha (4)दिउँसोको समयमा दरौंदी फाँट, थेबेटार, कुन्दर फाँट, छोप्राक, खोप्लाङ (डा. बाबुराम भट्टराई जन्मेको गाउँ) प्रष्ट देखिन्छ । त्यो भेगमा देखिने हरियालीको बयान शब्दमा गर्न गार्‍हो छ । बिहानको समयमा दरौंदीमा लागेको हुस्सुले ती गाउँलाई छपक्कै छोपेको आभाष हुन्छ । कपासै कपास थुपारेर राखेजस्तो ।

विनासकारी भूकम्पले गोरखाका धेरै महत्वपूर्ण भौतिक संरचना ध्वस्त पारे पनि गोरखालीको उत्साह भने कुनै कमी छैन । भत्केको संरचना पूर्ननिर्माणका लागि स्थानीय आफैं जुटेका छन् । नेपाल पत्रकार महासंघ गोरखका अध्यक्ष भीमलाल श्रेष्ठले गोरखालीको उत्साह फेरि जागृत भएको बताए ।

gorkha (2)विभिन्न एनजीओ र आइनजीओको कार्यक्रमले गोरखाकाप्रत्येक होटल भरिभराउ छ । एनजीओ आएनजीओले गर्नुपर्ने कर्तब्य पूरा गरे गरेनन् बहस जारी छ । तिनै संघसंस्थाको कारण धेरै शिक्षित बेरोजगार युवा युवतीले गाउँमा रोजगार पाएका छन् ।

होटल बिसौनीका मेनेजर शंकर पाण्डे भन्दै थिए ‘दुई चार दिन अघि बुक गरेन भने होटलमा बास पाउनै गार्‍हो छ ।’

गोरखालीले आफ्नै प्रयाशमा पुर्ननिर्माणको काम सुरु गरेको बताउने पाण्डे बजारको सौन्दर्यतामा भूकम्पले कमि नल्याएको धारणा राख्छन् । पहडोको भिरालोमा छ, गोरखा बजार ।

बजार छेउका पाटो बारीमा मकैको जुंगा चमर सुरु भएको छ भने दरौदी फाँटमा किसानहरु उत्साहका साथ रोपाइँमा जुटेका छन् ।

बजारबाट तीनकिलोमिटर माथी रहेको गोरखकाली मन्दिरमा भूकम्पले ठूलै क्षति पुर्‍याएको छ । स्थानीय धमाधम पूर्ननिर्माणको काममा जुटेका छन्, जुन दरबारमा राजा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment