Comments Add Comment

युरोकपको उपाधि जित्नेमा रोनाल्डो विश्वस्त

Ronaldo

काठमाडौं । घरेलु टोली फ्रान्स संभवतः आज राति हुने युरोकपको फाइनलको मुख्य दावेदार हुन सक्छ । तर, क्रिष्टियानो रोनाल्डोले भनेका छन् कि फ्रान्सको राष्ट्रिय रंगशालामा पोर्चुगलले उपाधि जित्नेमा आफुहरु विश्वस्त छौं ।’

३१ बर्षीय सुपरस्टार रोनाल्डोले सेमिफाइनलमा गत बुधबार वेल्सलाई २-० ले हराउँदा १ गोल र एक असिस्ट गरेका थिए । र, अव मुलुकका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अपेक्षा धेरैले उनीबाट गरेका छन् ।

‘केहि कुरा मैले सधैँ सपना देखेको थिए । र, त्यो त्यतिबेला पूरा हुन्छ, जतिवेला मैले पोर्चुगलको लागि केहि जित्नेछु’ युरोपेली सञ्चारमाध्यमसँग रोनाल्डोले भने, ‘म एकदमै उत्साहित छु कि मैले, मेरो टिममेटले र समग्र पोर्चुगलले विश्वास गर्को छ कि हामी जित्नेछौं ।’

पोर्चुगिज टिमले यसअघि एकमात्र ठूला प्रतियोगिताको फाइनल खेलेको छ । सन् २००४ मा घरैमा भएको युरोको फाइनलमा ग्रीससँग पराजित भएपछि त्यतिबेलाका किशोर स्टार रोनाल्डोको आँखामा आँसु छचल्किएको देखिन्थ्यो ।

‘त्यो एकदमै अद्धितीय खुसीको पल थियो । हामी फेरि फाइनलमा पुगेका छौं र यसपटक केहि हासिल गर्न चाहन्छौं’ रोनाल्डोले भने, ‘पोर्चुगलका लागि दोस्रो फाइनल आज हुँदैछ, सबैकुरा राम्रो भइरहेको छ र हामीलाई भाग्यले पनि साथ दिइरहेको छ ।’

रोनाल्डोले स्वीकार गरे्का छन् कि घरेलु मैदान सेन्ट डेनिस फ्रान्सको लागि निक्कै ठूलो फाइदा हुनेछ । तर, उनले यस खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरेका छन् ।

रोनाल्डोले भनेका छन् कि ‘हामीलाई राम्रोसँग थाहा छ हामीले महान प्रतिद्धन्दी साथै महान राष्ट्रिय टोलीबिरुद्ध खेल्दैछौं । तर यो फाइनल हो र यहाँ जे पनि संभव छ ।’

उनले थपे, ‘हाम्रो तयारी निक्कै उत्कृष्ट गरेका छौं र हामीलाई हराउन उनीहरुलाई सजिलो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment