बलिउड नायक सलमान खान र रणवीर कपुरविचको दुश्मनी सकिने कुनै संकेत नै छैन । रणवीर र नायिका कट्रिना कैफको प्रेम परेपछि सलमान चिडिएका हुन् । कट्रिना सलमानकी पूर्व प्रेमिका हुन् । अहिले कैफ र रणवीरको प्रेममा व्रेक लागिसकेको छ । कैफ सलमानसँग निकट हुने बाटो खोजिरहेका छन् ।
यही दुश्मनीका कारण रणवीर एक चर्चित अवार्डमा सहभागी हुन सकेनन् । स्पेनमा केही दिन अगाडि आयोजना भएको ‘आइफा अवार्ड’मा रणवीर सहभागी नहुनुको कारण सलमानलाई मानिएको छ ।
दुश्मनीका कारण सलमानले रणवीरको आगमनमा आपत्ती जनाएका थिए । सलमानले आयोजकलाई रणवीर आएको खण्डमा आफू अवार्डमा उपस्थित नहुने र कुनै पनि प्रस्तुती नदिने बताएका थिए । यही कारणले पनि रणवीर अवार्ड शोमा सहभागी नभएको गसिप बजारमा चर्चा छ ।
सलमानले बेला-बेलामा रणवीरको मजाक पनि उडाउने गरेका छन् । नायिका कटि्रना कैफको आग्रहमा सलमानले आयोजकसँग यस्तो शर्त राखेको चर्चा मिडियामा छ ।
प्रतिक्रिया 4