+
+
Shares

नक्कली फेसबुकमा अश्लिल फोटाहरु पोस्ट गर्ने युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते ८:११

२७ असार, काठमाडौं । अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् ।

Facebookसामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै पक्राउ गरेको हो ।

ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?