+
+

शंखमुलमा पनि खुल्यो मल्टी ब्राण्डेड शो-रुम ‘फेशन स्टोर नेपाल’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १९:५२

fashion-store-3
२७ असार, काठमाडौं । विभिन्न ब्राण्डेड सामनको सपिङ गर्न दरबारमार्गमा पसल-पसल चाहार्नुपर्ने बाध्यता अब हट्दैछ । काठमाडौंका विभिन्न ठाउँमा आरपी ग्रुप अन्तरगत फेशन स्टोर नेपालका आउटलेटहरु खुल्ने क्रम तीव्र भएको छ ।

आइतबारदेखि काठमाडौंको शंखमुलमा फेशन स्टोर सञ्चालनमा आएको छ । महिला तथा पुरुषहरुका लागि लेटेस्ट डिजाइनका फेशन सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित फेशन स्टोर खोलिएको कम्पनीका प्रवन्ध निर्देशक रुपेश पाण्डेले जानकारी दिए ।

फेशन स्टोरलाई फ्याक्ट्री मल्टी आउटलेटका रुपमा खोलिएको छ । विभिन्न ब्राण्डका फेशन आइटम एउटै पसलमा छानी-छानी किन्न सकिने गरी स्टोर सञ्चालन गरिएको उनले बताए ।

fashion-store-2
शो-रुममा भारतको डब्लु, अरेलिया र बिभा, फ्रान्सको सेलियो, अमेरिकाको पमी हिल फिगर, फ्रान्सेली जर्जेक र सिल्क साडी तथा जर्मन कलर पि्रन्टेड साडीहरु राखिएका छन् ।

यसलाई मल्टी आउट ब्राण्डको रुपमा विकास गरिएको छ । यस्ता काठमाडौंमा फेशन स्टोरहरु अहिलेसम्म ६ वटा सञ्चालनमा आइसकेका छन् । मैतिदेवी, न्युरोड, पाटन, महाराजगञ्ज, चाबहिल, र शंखमुलमा यस्ता स्टोर खुलिसकेका छन् ।

अब दरबारमार्ग, लाजिम्पाट, जाउलाखेल र कालीमाटीमा पनि केही समयभित्रै आउटलेट खोलिने प्रवन्ध निर्देशक पाण्डेले बताए । यी आउटलेटहरुमा ग्रुपले १५ करोड लगानी गर्दैछ ।

fashion-store
फेशन स्टोरमा लेडिजका लागि स्याण्डल, सुज, ब्याग, साडी, कुर्ता लगायत सबै फेन आइटमहरु उपलब्ध छन् भने पुरुषहरुका ज्याकेट, जिन्स, जुत्ता, विन्ड चिटर लगायतका आइटमहरु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?