Comments Add Comment

ज्योती मगरको तिर्सना मेटाउलिन् श्रीदेविले ?

shreedevi-devkotaकाठमाडौं । दुई अर्थ लाग्ने शब्दमा गीत गाउन खप्पीस श्रीदेवि देबकोटाको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘लाए खोल्दिन्छु’ शीर्षकको गीतमा स्वर दिएकी श्रीदेबीले यसपाली अभिनय पनि आफैंले गरेकी छिन् ।

अघिल्ला तीज गीतमा ज्योती मगरलाई अभिनय गराएकी श्रीदेविले यसपाली वानपीस लाएर आफैं अभिनय गरेकी छिन् । मोटो ज्यानमा वानपीस लाएर ज्योती जस्तै बन्न खोजेकी श्रीदेविलाई दर्शकले कस्तो मान्ने हुन् ? हेर्न बाँकी नै छ ।

तर, श्रीदेवी आफ्नो गीतले दर्शकलाई मनोरञ्जन दिनेमा आशावादी छिन् । यसपाली ज्योती मगर विदेशमा ब्यस्त भएकाले आफैंले अभिनय गरेको उनको भनाई थियो । ‘ज्योती विदेशतीरै ब्यस्त भईन् त्यहि भएर म आफैंले अभिनय गरेँ’ उनले भनिन् ।

यसपाली पनि उनको गीत ठाउँ ठाउँमा दुईअर्थ लाग्ने खालको छ । विनोद ढकालको शब्दमा श्रीदेवी र प्रकाश कटुवालको स्वर रहेको छ । श्रीदेवि प्रकाशको साथै रमा थपलिया, मनोज आचार्य लगायतले मोडलिङ गरेका छन् भने भिडियो निर्देशन शंकर बिसीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment