Comments Add Comment

फिल्ममा गुन्यू चोली, बाहिर यति हट ‘सुन्तली’की सुरजनी

surjani out and in
कथावस्तुलाई सस्पेन्स राख्दै निर्देशक ऋषिराज आचार्य आफ्नो नयाँ चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को प्रचारमा दौडिएका छन् । उनले कथावस्तुको बिषयमा भने-‘हामीले अहिलेसम्म नेपाली चलचित्रमा नउठाइएको बिषयलाई लिएर चलचित्र बनाएका छौ । साउन २१ गते चलचित्र हलमा लागेपछि दर्शकले पनि थाहा पाउनुहुनेछ ।’

उनले यसपटक केही नयाँ र केही पुराना कलाकारलाई विश्वास गरेका छन् । सुशान्त कार्की, सुशिल सिटौला, सुरजनी केसी चलचित्रका लागि पुराना पात्र हुन् । नयाँ अनुहारको रुपमा रीजा भुषाललाई देखाइएको छ ।
surjani and susil in suntali lai
यो चलचित्रको शिर्ष भूमिकामा सुरजनी केसी छिन् । जसले चलचित्रमा गुन्यू चोली लगाएकी छिन् । तर, बाहिर भने यी सुन्दरी हट भएर हिड्न रुचाउँछिन् ।
पूर्णतया कमेडी कथामा बनेको यो चलचित्रमा आफू उत्साहित रहेको निर्देशकको भनाई छ । उनले थपे-‘दर्शक चलचित्र अवधीभर हाँस्नु हुनेछ । तर, हामीले दर्शकलाई हसाँउँदै नेपाली परिवेशको गहन कथा पनि उठान गरेका छौ ।’ susil and surjani

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment