Comments Add Comment

सन्नी भन्छिन्-‘म सुरक्षित शारीरिक सम्बन्धमा विश्वास गर्छु’

sunny leone in hot

एडल्ट स्टार तथा बलिउड नायिका सन्नी लियोनीलाई लाग्छ, कुनै पनि कलाकारले कन्डोमको प्रचार गर्नु वा नगर्नु उसको निजी कुरा हो । एक कन्डोम कम्पनीसँग सहकार्य गरिरहेकी बलिउड हट सुन्दरीले पत्रकारको प्रश्नमा भनिन्-‘कन्डोमको ब्रान्ड एम्ब्यासडर बन्नु कलाकारको आफ्नो कुरा हो । सबै यसमा सहज नहुन पनि सक्छन् ।’ पत्रकारले उनलाई अधिकांश कलाकार किन कन्डोमको विज्ञापनमा देखिन मान्दैनन् भनेर प्रश्न गरेका थिए ।

भारतमा सबैजसो कलाकारले कन्डोम ब्रान्डको इन्डोर्स गर्दैनन् । सन्नीले भनिन्-‘म सुरक्षित शारीरिक सम्बन्धमा विश्वास गर्छु ।’आफ्ना फ्यानलाई कन्डोमको प्रयोग गर्न सुझाव दिदै सन्नीले असुरक्षित रुपमा शारीरिक सम्बन्ध नराख्न सुझाव दिइन् ।

सन्नीले मुम्बइमा आयोजित एक कार्यक्रममा विकिनी क्यालेन्डर पनि सार्वजनिक गरिन्, जसमा उनको तस्बिर समावेश गरिएको छ । समय-समयमा सन्नीले कन्डोमको विज्ञापन गरेर समाजमा अश्लिलता फैलाएको आरोपमा उनीविरुद्ध उजुरी पनि पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment