Comments Add Comment

मलाई प्रधानमन्त्रीको प्रस्ताव गर्न एमालेले ढीला गर्‍योः देउवा

'प्रधानमन्त्रीको राजीनामा पर्खिरहेका छौं'

Sherbahadur-Deuba_1

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गर्न ढीला गरेको टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने र प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस संसदीय दल र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित बुधबार बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले देउवालाई एमालेले त तपाईंलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दैछ रे हो ? भनेर प्रश्न सोधेका थिए । संक्षिप्त जवाफ फर्काउँदै देउवाले भने, ‘त्यो प्रस्ताव ढीलो भयो ।’

एमालेले ढिलो प्रस्ताव गरेका कारण माओवादी केन्द्रसँग कांग्रेसले सात बुँदे सहमति गरेको देउवाले बताए । सरकार अल्पमतमा परेको हुँदा आफूहरुले प्रधानमन्त्री ओलीको राजीनामा पर्खिरहेको देउवाले बताए ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment