Comments Add Comment

सिड्नीमा करिश्माको भब्य स्वागत

karisma manandar_sydneनेपाली चलचित्र क्षेत्रकी सर्बाधिक सुन्दरी तथा सदाबहार अभिनेत्री करिश्मा मानन्धर अष्ट्रेलियाको सिड्नी आईपुगेकी छिन । शनिबार सिड्नीमा आयोजना हुन लागेको सांगितीक कार्यक्रममा सहभागि हुन करिश्मा सिड्नी आएकी हुन् ।

उनको साथमा गायिका मोलिना राई पनि सिड्नी आईपुगेकी छिन । स्थानिय समय अनुसार बिहिबार बिहान १० बजे सिड्नी एअरपोर्ट झरेकी करिश्मालाई कार्यक्रम आयोजकले भब्य स्बागत गरेको थियो -‘ सिड्नीबासी नेपालीहरूको न्यानो स्वागतले मन नै फूरूगं भएको छ -‘ करिश्माले भनिन ।

तीजको अबसर पारेर आयोजना गरिन लागिएको यो कार्यक्रममा अभिनेत्री करिश्मालाई सम्मान पनि गरिने कुरा कार्यक्रम आयोजक नेपाली टच अष्ट्रेलियाका राज गोस्वामीले जानकारी दिए ।

कार्यक्रम जुलाई १७ तारेखका दिन सिड्नीको हर्सभिलमा रहेको मराना अडिटोरियम हलमा हुने छ । यो कार्यक्रमलाई नेप्मार्ट र लक्ष्मी होमले प्रस्तुत गर्न लागेका हुन ।

कार्यक्रममा अभिनेत्री करिश्माले आफ्ना बिभिन्न प्रस्तुतिहरूबाट सिड्नीबासी नेपालीहरूलाई मनोरन्जन प्रदान गर्नेछिन भने गायिका मोलिना राईले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पहिलो पटक अष्टेलिया आएकी करिश्माको करिश्मा हेर्न यतिबेला सिड्नीबासीहरू आतुर देखिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment