Comments Add Comment

सुरविनालाई कसले देला गतिलो चलचित्र ?

Surbina Karki (3)
करिअरको सुरुवातमा धेरै नायक-नायिका कता जाने र कस्तो काम गर्ने भन्ने रोज्न जान्दैनन् । यसैले पनि उनीहरु अफर आएका सबैजसो चलचित्रमा काम गरिदिन्छन् । तर, जब विस्तारै समय वित्दै जान्छ अनी मात्र धेरैले करिअरको बारेमा वुझ्छन् र सोच्न थाल्छन् ।

यो अवधीमा धेरै कलाकारको करिअरमा खतराको घन्टी बजिसकेको हुन्छ भने केही सफल हुन्छन् । चलचित्र ‘झेली’मा हट अवतारमा कमजोर अभिनय गरेकी नायिका सुरविना कार्की पनि अहिले यस्तै सोचमा छिन् । चलचित्र ‘लुकामारी’ले आंशिक सफलता दिलाएपछि हौसिएकी यी नायिका अब छानेर चलचित्र खेल्छु भन्न थालेकी छिन् ।

हुनत, केही चलचित्रमा अभिनय गरेपनि सुरविनाको अभिनयमा खासै सुधार नआएको टिप्पणी चलचित्रकर्मी र समिक्षकले नगरेका होइनन् । यीनले चलचित्र छानेर खेलेको भए अहिलेसम्म सायद केही उचाई पाउने थिइन् । ‘नाइके, सुश्री’मा राम्रै भूमिका गरेकी यी नायिकाले ‘होमवर्क’मा केमियो भूमिका गरिन् । सबै चलचित्र उठ्न नसक्ने गरि असफल भए ।

अब छानेर राम्रो मात्र चलचित्र गर्छु भन्न थालेकी सुरविनालाई अफर भने कसले गर्ला ? के यीनलाई निर्माताले पत्याउलान् ? त्यो भने समयले नै बताउनेछ । तर, नायिकाको खडेरी लागेको चलचित्र क्षेत्रमा सुरविनाले गम्भिर भएर सोचिन् भने सायद, केही होला कि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment