+
+

कावासोतीमा साउनदेखि एकीकृत सम्पत्ति कर लागू हुने

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ असार ३० गते १७:१९

३० असार, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकामा साउनदेखि एकीकृत सम्पत्ति कर लागू गरिने भएको छ ।

त्यसका लागि विहीबार एकीकृत सम्पत्ति करका बारेमा कावासोती नगरपालिकाले अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । कार्यक्रममा कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले करबारे जानकारी गराएका थिए ।

एकीकृत सम्पत्ति कर लागू गरेपछि कावासोतीमा जग्गा र घरलाई सम्पत्तिको रुपमा मापन गरी त्यसको कर लिने गरिन्छ ।

कार्यकारी अधिकृत हरिलाल पुरीले मालपोतले मूल्यांकनको आधार जग्गा र घर नक्सापासको आधारमा घरको कर गरी एकीकृत सम्पत्ति कर लागू गरिने बताए ।

कावासोती नगरपालिकाले यस अघि गत पुस महिनाबाट व्यवसायी कर र घरको नक्सा पास अनिवार्यबाट शुरु गरेको छ ।

त्यस्तै नगरपालिकाले घर बहाल कर, पार्किङ शुल्क, मनोरञ्जन कर लगायतका कर लागू गर्ने जनाएको छ ।

कावासोती नगरपालिकामा भौतिक पूर्वाधार अभाव र कर्मचारी अभावका कारण कर लागू गर्ने सवालमा भने चुनौतीपूर्ण देखिने कार्यकारी अधिकृत पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?