+
+
Shares

डा. केसीको अनसनप्रति नयाँ शक्तिको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३० गते २१:०६

Baburam-with-Dr-kc

३० असार, काठमाडौं । नयाँ शक्ति नेपालले डा. गोविन्द केसीको आमरण अनसनप्रति ऐक्यवद्धता जनाएका छन् । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई नेतृत्वको टोली त्रिवि शिक्षिण अस्पतालस्थित अनसन स्थलमै पुगेर ऐक्यवद्धता जनाएको हो ।

डा. केसीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शक्तिका संयोजक भट्टराईले चिकित्सा शिक्षाको क्षेत्रमा रहेको विकृति, विसंगति हट्नुपर्ने र माथेमा आयोगको प्रतिवेदनको सिफारिशहरुलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

अहिले वर्तमान सरकारप्रति अविश्वास प्रस्ताव दर्ता भइसकेको र नयाँ सरकार नबनिसकेको अवस्थामा कसैले पनि जिम्मा नलिने खतरा रहेको भन्दै उनले डा. केसीको जीवनरक्षाका लागि सहज तरिका अपनाउनुपर्ने धारणा राखेका छन् ।

जवाफमा डा. केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?