Comments Add Comment

पाकिस्तानी ‘किम कार्दाशिन’को हत्या

qandeel-baloch

काठमाडौं । पाकिस्तानी मोडल कन्दील बलोचको गोली हानेर हत्या भएको छ । र, मुल्तानमा कन्दीलको भाइ ले नै उनको हत्या गरेको बताइएको छ ।

२५ वर्षीया मोडल बलोचलाई पाकिस्तानकी किम कार्दाशिन भनिन्थ्यो । उनी सामाजिक सञ्जालमा विवादका करण नै बढी चर्चामा आउने गरेकी थिइन् ।

उनी हालै मात्र एक धर्मगुरुसँगको शेल्फी पोष्टका कारण चर्चामा आएकी थिइन् । मुस्लिम धर्मगुरु मुफ्ती अब्दुर अवीसँगको सेल्फीले निकै हंगामा भएको थियो ।

उनले सामाजिक सञ्जालमा खुलेआम इमरान खान र भारतीय क्रिकेटर विराट कोहलीप्रति आफ्नो प्रेम व्यक्त गरिसकेकी थिइन् । गत मार्चमा भएको टी-२० विश्वकपअघि यदि पाकिस्ताले भारतलाई हराए स्टि्रप डान्स गर्ने बताएकए थिइन् ।

तर, भारतले पाकिस्तालाई हराएपछि कपडा फुकालेर नाच्ने उनको इच्छा पुरा हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment