बार्सिलोना । काठमाडौं उपत्यका खतराको सूचीमा पर्नबाट जोगिएको छ। जुलाई १० देखि टर्कीको स्थानबुलमा भइरहेको बिश्व सम्पदा समितिको बैठकमा काठमाडौं उपत्यकाको बारेमा चर्चा चले पनि खतराको सूचीमा पर्नबाट भने जोगिएको हो।
बिश्व सम्पदा संरक्षण महासन्धि सन् १९७२ अन्तर्गत काठमाडौं उपत्यका सन् १९७९ मा सुचिकृत भएको थियो । महासन्धि अनुसार बिश्वब्यापी उच्चस्तरको मुल्य (कायम हुन नसकेमा कुनै पनि सम्पदा खतराको सुचिमा जान सक्ने डर हुन्छ। गत बर्ष गएको विनाशकारी भूकम्पका कारण धरहरा नष्ट हुनु, पुराना दरबारहरु भत्कनु, उपत्यकामा रहेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा ठुलो क्षति पुगेका कारण खतराको सूचीमा पर्ने डर रहेको थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को) अन्तर्गत विश्व सम्पदा समितिमा २१ वटा राष्ट्रहरु रहेका छन् । नेपाल भने समितिमा नरहे पनि युनेस्को अन्तर्गतको पक्ष राष्ट्र भएका कारण छलफलमा सहभागी बन्यो ।
बिश्व सम्पदा सूचीको सांस्कृतिक सम्पदा अन्तर्गत काठमाडौं उपत्यका र गौतम बुद्दको जन्मस्थल लुम्बिनी क्षेत्र यस्तै प्राकृतिक सम्पदाको अन्तर्गत भने सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज सुचिकृत छन् ।
स्थानबुलको जारी बिश्व सम्पदा समितिको बैठकमा नेपाल सरकार संस्कृति मन्त्रालयका सचिव प्रेम राईको नेतृत्वमा पुरातात्विक बिभाग महानिर्देशक भेष नारायण दाहाल, लुम्बिनी बिकास कोषका सदस्य सचिव अजित मान तामाङ्,लुम्बिनी बिकास कोषका बरिष्ट अधिकृत ज्ञानिन राई, फ्रान्सस्थित नेपाली राजदूत अम्बिका देबी लुइटेल, दूतावासका उपनियोग प्रमुख रामबाबु ढकाल लगायत पुरातात्विक विभागका बिज्ञहरु सहभागी भए ।
बैठकमा सहभागी पेरिस दूतावासका उपनियोग प्रमुख ढकालले गत बर्ष जस्तै अहिले पनि काठमाडौं उपत्यका खतराको सूचीमा पर्नबाट जोखिएकोमा खुशी ब्यक्त गरे । खतरामा राख्ने बित्तिकै नेपालको पर्यटन क्षेत्रलाई ठुलो प्रभाव पार्न सक्ने हुँदा अब भने नेपाल सरकारले सांस्कृतिक गुरु योजना नै तयार गरेर काम गर्नु पर्नेमा उनले जोड दिए ।
सन् २०१७ सम्ममा पनि क्षति ग्रस्त संरचनाहरुको अवस्थामा सुधार नआएमा वा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा नेपाल सरकारले चासो नदेखाएमा काठमाडौं उपत्यकालाई बिश्व सम्पदा समितिले खतराको सुचीमा राख्ने डर बढेर जानेछ । पुरातात्विक बिश्व सम्पदा सूचिको सचिवालयको रुपमा रहेको बिश्व सम्पदा केन्द्रले स्थलगत निरिक्षण गर्ने र स्थलगत कार्य प्रगतीको आधारमा अर्को बर्ष पुन:निर्णय गर्ने हुँदा नेपाललाई यो मौका छ ।
विश्व सम्पदा समितिको बैठकले सम्पदाको सूचीमा सुचिकृत गर्ने, खतराको सूचीमा राख्ने र कतिपय सम्पदालाई भने सूचीबाट नै हटाउने काम समेत गरेको छ। विश् सम्पदा सूचीमा रहेको काठमाडौ उपत्यका भित्र पशुपतिनाथ मन्दिर परिसर, स्वयम्बु बौद्दनाथ, बसन्तपुर दरबार, ललितपुर, भक्तपुर दरबार लगायत ७ वटा क्षेत्रहरु छन् ।
प्रतिक्रिया 4