Comments Add Comment

महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवक पक्राऊ

२ साउन, बुटवल । बुटवलको कालिकानगरमा हिँडिरहेकी एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुट्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी-१ का १७ वर्षीय सनम मगर छन् ।

Shova-and-Sanam
लुटिएको सुनको सिक्री पाएपछि शोभा र सिक्री लुटेर भाग्न खोजेका सनम

नवलपरासीको भुमइस्थित माइतीबाट बुटवलको कालिकानगर सन्तोषीपथमा रहेको घरमा फर्किँदै गरेकी २५ वर्षीया शोभा न्यौपानेको घाँटीबाट मगरले २ तोलाको सुनको सिक्री चुडालेका थिए । उनले चुडालेको सिक्री भने लैजान पाएनन् । सिक्री लिएर भागेका मगरलाई झाडीमा लुकेको देखेपछि स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् ।

बुटवलको राजमार्ग चौराहाबाट हिँड्दै घर जाँदै गरेकी शोभाले काखमा आफ्नो सानो नानी पनि बोकेकी थिइन् ।

चौराहाबाटै पिछा गरेका मगरले उनलाई जागरण एफएम अगाडि पुग्दा घाँटीको सिक्री लुटेका थिए । मगरले आफूसँग पैसा नभएकाले सिक्री चुडाएको बताएका थिए ।

मोरङबाट हिँजोमात्र बुटवल आएको बताउने मगर अहिले प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment