Comments Add Comment

डोटीमा पावर बजेट फ्रिज

nepali_rupees२ साउन, डोटी ।  राजनीतिक पहुँचका आधारमा आर्थिक वर्ष सकिनै लाग्दा निकासा भएको ‘पावर’ वजेट पनि डोटीमा फ्रिज भएको छ ।

डोटी जिल्लाका बिभिन्न पाँच योजनाका लागि एक करोड ७३ लाख वजेट निकासा भएकोमा जम्मा ७१ लाख १० हजार नौ सय ११ रुपैयाँ मात्र खर्च भएको छ । स्थानीय बिकास अधिकारी कृष्णराज गौतमका अनुसार उपभोक्ताहरुले गरेको कामको प्राबिधिक मुल्याँकन गरी हुन आएको रकम मात्रै भुक्तानी गरिएको हो ।

असार २ गते डोटी निर्वाचन क्षेत्र २ अन्तरगत तिलाडि मुलेचौर र पुराना चाया सडक निर्माणका लागि ५० लाख, छतिवन देखि रिठा कमला नदी सडकमा ३० लाख र चवाराचौतारा सिमचौर बस्ती सडक निर्माणका लागि भन्दै १० लाख वजेट निकासा भएको थियो । यस्तै असार १५ गते डोटी क्षेत्र १ अन्तरगत कुँडीगडा गाँजरी र पोखरी सडक निर्माणमा ३७ लाख र चौखुट्टे जौमाला खान पोखरी सडकमा ४६ लाख निकासा भएको थियो ।

दुवै क्षेत्रको रकम असार २८ गते मात्रै निकासा भएको जिल्ला बिकास समिति डोटीका कार्यक्रम अधिकृत टेकवहादुर खड्काले जानकारी दिए । उनले भने ‘हामीले बिगतमा कामै नगरी भुक्तानी दिने गरेको भनी जिबिसलाई लाग्ने आरोपलाई ध्यानमा राख्दै प्राबिधिक मुल्याँकनका आधारमा भुक्तानी दिएका छौं, उपभोक्ताले जति काम गर्‍यो त्यति पैसा पायो ।’ उनले बिगतमा जे जस्तो भएपनि अव काम अनुसार मात्रै भुक्तानी गरिने वताए ।

राजनीतिक दलका नेताहरुको भनसुनका आधारमा आउने गरेको अतिरिक्त वजेटलाई ‘पावर वजेट’ का रुपमा लिने गरिएको छ । आफुले धेरै प्रयास गरेर पावर वजेट हाल्न लगाएको तर खर्च हुन नसकेकोमा दुःख लागेको वताउँछन सानागाउँका अर्जुन खड्का । उनले कुँडीगडा गाँजरी पोखरी सडक निर्माणका लागि पावर वजेट निकासा गर्न लगाउन आफु तीन महिना काठमाण्ठौं बसेको समेत दावी गरे ।

तिलाडि मुलेचौर र पुराना चाया सडक निर्माणका लागि आएको ५० लाखमा २६ लाख १३ हजार दुई ४४ रुपैयाँ वरावरको मात्रै काम भएको प्राबिधिक मुल्याँकनले देखाएका छ । यस्तै छतिवन देखि रिठा कमला नदी सडकको ३० लाखमा २२ लाख १५ हजार सात सय १०, चवाराचौतारा सिमचौर बस्ती सडकको १० लाखमा नौ लाख २० हजार चार सय ५८, कुँडीगडा गाँजरी र पोखरी सडकको ३७ लाखमा नौ लाख ६० हजार ६ सय ६२ र चौखुट्टे जौमाला खान पोखरी सडकको ४६ लाखमा चार लाख आठ सय ३७ रुपैयाँ वरावरको मात्रै काम भएको मुल्याँकनले देखाएको छ ।

जिल्ला प्राबिधिक कार्यालय डोटीका निमित्त प्रमुख राम खत्रीले जति काम भएको सोही अनुसारको भुक्तानी दिईएको वताए । उपभोक्ताहरुले काम नगर्ने दोष जति प्राबिधिकलाई लगाउने काम भईरहेको वताउदै उनले भने ‘हामीले भएको कामको मुल्याँकन गर्ने हो, नभएको कामको मुल्याँकन गरेर क्वान्टिटी बढाउन सकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment