Comments Add Comment

जब परिणितीले नै बरुणलाई लामो चुम्बन गर्न भनिन्

barun and pareeniti
चलचित्रको दुनियाँबाट करिब १ बर्ष हराएकी बलिउड नायिका परिणिती चोपडा अहिले फेरि चलमलाउन थालेकी छिन् । उनले हालै मात्र चलचित्र ‘ढिस्यूम’मा समावेश एक गीतमा नायक बरुण धवनसँग रोमान्स गरेकी छिन् । हुनत, यो चलचित्रकी नायिका ज्याकलिन फर्नान्डेज हुन् । तर, बरुण र परिणितीको एउटै गीतले खुबै चर्चा पाइरहेको छ ।

यो गीतको छायांकनका क्रममा कोरियोग्राफरले चुम्बनको दृश्य राखेका थिएनन् । चुम्बन गर्ने आइडिया बरुणकै थियो । उनले परिणतीसँग चुम्बनको बिषयमा कुरा गरेका थिए । यी दुई सुरुवातमा अफ क्यामेरा चुम्बन गर्ने सोचमा थिए ।

यो बिषयमा बरुणले भने-‘मलाई परिणितीले तिमी यो सबै गर्न सक्देनौ । हामी अहिलेको जेनेरेशनको मानिस हौ । यसैले चुम्बन नै गर्ने हो भने लामो समय गर भनिन् ।’
गीत सार्वजनिक कार्यक्रममा बरुण र परिणितीले नृत्य पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment