+
+
Shares

कालोपत्रे गरिएको एक महिनामै सडकमा खाल्टाखुल्टी

रासस रासस
२०७३ साउन २ गते १६:०७

२ साउन, काठमाडौं । सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक विस्तार गरी कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै खाल्टाखुल्टी भएपछि साउने झरीमा मर्मत सुरु भएको छ ।

Roadकाठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११/११ मिटर विस्तार गरी कालोपत्रे गरिएको एक महिनापछि सडकका ठाउँ-ठाउँमा खाल्टाखुल्टी भएको स्थानीयवासीको गुनासो छ ।

निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक बनाउनेबित्तिकै भत्किएको स्थानीयवासी राममणि न्यौपानेले बताए । ‘रु आठ करोड ५९ लाखको लागतमा कालोपत्रे गरिएको दुई किमी सडकमा सवारी चलाउनै मुस्किल हुने गरी खाल्टाखुल्टी भएको छ, सडक बिग्रिएको गुनासो गर्न जाँदा आयोजनाले ठेकेदारको प्रतिनिधि जस्तो गरी उसकै पक्षमा वकालत गर्यो, यसैबाट स्पष्ट हुन्छ के कारण गुणस्तरीय सडक बनेन,’ उनले भने ।

यो सडकको निर्माण ‘लामा बिल्डर्स, बिरुवा च्याङ्मिला जेभी’ले गरेको आयोजना प्रमुख मनोज श्रेष्ठले जानकारी दिए । ‘सडकको केन्द्रमा बर्खे भेल कटाउन राखिएको ढलका कारण सडकमा खाल्टाखुल्टी भएछ, ढुङ्गेधारामा फोहर फालेकाले मूलको पानी सेतो पुलका दुवै भागमा गएर बिग्रिएछ, यसैले ढलान गरियो,’ उनले भने  ।

साउने झरीमा खाल्टाखुल्टी भएको सडक मर्मत गराइरहेका ठेकेदार कंका प्रतिनिधिद्वय बद्री खड्का र तुलसी वाग्लेले सडक गुणस्तरीय नबनाइएकाले एक महिना नपुग्दै भत्किएका विषयमा प्रतिक्रिया माग्दा केही नबोल्ने बताए ।

सो विषयमा ठेकेदार कंका कसैले कुनै प्रतिक्रिया नदिने उनहरुको भनाइ थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?