Comments Add Comment

रुपन्देहीमा एक अर्ब २७ करोड बजेट फ्रिज

kolenika-rupandehi

२ साउन, भैरहवा । आर्थिक बर्ष ०७२/७३ मा रुपन्देहीमा १ अर्ब २७ करोड ९२ लाख १२ हजार ७ सय ६९ रुपैयाँ बजेट फ्रिज भएको छ । तर, राजस्व संकलन भने १ सय २६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

पुँजीगत तर्फ ठूला-ठूला विकासे अड्डाहरुले बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही फ्रिज भएको बजेट समग्र बजेटको १२ प्रतिशत हो । गत आर्थिक बर्ष ०७१/७२मा रुपन्देहीमा १० प्रतिशत बजेट फ्रिज भएको थियो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीको अनुसार कुल बजेट १० अर्ब ८१ करोड ६० लाख ६४ हजार ५ सय ६४ रुपैयाँ रहेकोमा ९ अर्ब ५३ करोड ६८ लाख ५१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको छ । खर्च भएको बजेट कुल बजेटको ८८ प्रतिशत रकम हो ।

आर्थिक बर्ष ०७२/७३ मा पुँजीगत तर्फ ३८ प्रतिशत बजेट बिनियोजन गरिएको थियो । जसमा ४ अर्ब १३ करोड ६२ लाख ७२ हजार ८ सय ४६ रुपैयाँ बिनियोजन भएकोमा ३ अर्ब ४४ करोड ७८ लाख ९८ हजार ९ सय ५० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका कोष नियन्त्रक झबिन्द्र खनालले बताए । यो पुँजीगत बजेटको ८३ प्रतिशत खर्च हो ।

त्यसैगरी चालु तर्फ कुल बजेटको ६२ प्रतिशत बजेट बिनियोजन गरिएको थियो । त्यसमा ९१ प्रतिशत रकम खर्च भएको छ । चालु तर्फ ६ अर्ब ६७ करोड ९७ लाख ९१ हजार ७ सय १८ रुपैयाँ बजेट बिनियोजन भएकोमा ६ अर्ब ८ करोड ९१ लाख ५२ हजार ८ सय ४४ रुपैयाँ खर्च भएको कोष नियन्त्रक खनालले बताए ।

गत आर्थिक बर्ष ०७१।७२ मा रुपन्देहीमा समग्र बजेटको ९० प्रतिशत बजेट खर्च भएको थियो । त्यसमा चालु तर्फ ९३ प्रतिशत बजेट खर्च भएको थियो भने पुँजिगत बजेट ८४ प्रतिशत रकम खर्च भएको थियो ।

गत आर्थिक बर्ष ०७१।७२ मा कुल बजेट ८ अर्ब ८० करोड ४७ लाख रुपैया बिनियोजन भएकोमा ९० प्रतिशत अर्थात ७ अर्ब ९१ करोड ३५ लाख रुपैया खर्च भएको थियो ।

राजश्व संकलनमा वृद्धि

त्यसैगरी रुपन्देहीमा आर्थिक बर्ष ०७२/७३ मा राजस्व संकलन निकै बढेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार राजश्व संकलन १ सय २६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको हो । रुपन्देहीमा चालु आर्थिक बर्षमा ७४ अर्ब ९० करोड ७ लाख १३ हजार ५ सय ६६ रुपैयाँ संकलन भएको छ ।

यो गत आर्थिक बर्ष ०७१/७२ भन्दा १ सय २६ दशमलव ५५ प्रतिशत अर्थात ४१ अर्ब ८३ करोड ९४ लाख ६५ हजार ८ सय ४२ रुपैयाले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment