Comments Add Comment

बेमौसमी बन्दैछ डा. गोविन्द केसीको अनसन

सरकार ढले पनि अनसन फिर्ता नलिने हठ

Dr.-Govinda-KC,Hunger Strike

३ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी ९ दिनदेखि सरकारसँग विभिन्न माग राखेर आमरण अनसन बसिरहेका छन् । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र सरकारले बहुमत गुमाइसकेकाले यही सरकारबाट डा. केसीको माग पूरा गर्ने स्थिति छैन ।

डा. केसीले राखेका स्वास्थ्य सम्बन्धी मागहरु नीतिगत निर्णयसँग जोडिएका छन् । त्यस्ता दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारलाई कांग्रेस र माओवादीले संयुक्त वक्तव्यमार्फत आग्रह गरिसकेको अवस्था छ । यो स्थितिमा डा. केसीका मागहरु पूरा गर्नुपर्नेर् सरकारको हात बाँधिएको छ ।

अब आउने साउन ६ गते व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा छलफल हुँदैछ । त्यतिबेलासम्म केसीको स्वास्थ्य धेरै खराब हुने देखिएको छ ।

तर, साउन ६ गते ओली सरकार ढल्ने अवस्था आयो भने डा. केसीका मागहरुमाथि सुनुवाइ हुने सम्भावना झनै टाढा पुग्नेछ । ६ गते यो सरकार औपचारिकरुपमा ढल्यो भने नयाँ सरकार गठन हुन अझै केही हप्ता लाग्न सक्छ । त्यो स्थितिमा केसीमा माग कसले पूरा गर्ने ? सरकारै नभएको वा ढल्ने अवस्थामा पुगेका बेला केसीको अनसन बेमौसमको बाजाजस्तो बन्न पुगेको छ ।

डा. केसीले साउन २६ गते अनसन सुरु गर्दा सरकार ढल्ने कुनै चर्चा थिएन । तर, जब उनले अनसन सुरु गरे, त्यही बेला सरकारविरुद्ध अविश्वासको प्रस्ताव आयो । यो स्थितिमा अनसनको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविकै हो ।

तर, डा. केसीले परिवर्तित परिस्थितिमा अनसन स्थगन गरेर पछि फेरि बस्ने घोषणा गर्नुपर्नेमा उनी ‘केयर टेकर सरकार’ विरुद्ध अनसन बसिरहेका छन्, जसबाट उनका मागहरु पूरा हुने स्थिति देखिँदैन । यो स्थितिमा केसीले अनसन स्थगन गरेर सरकारको स्थायित्वपछि अनसन बस्ने हो पो कि ?

यस सम्बन्धमा डा. केसीलाई सहयोग गरिरहेका अनिल कार्की सरकार परिवर्तनले अनसन नरोकिने बताउँछन् ।

यसैवीच निजी मेडिकल सञ्चालकहरुले आइतबार राजधानीमा गोविन्द केसीका विरुद्धमा जुलुस र कोणसभा आयोजना गरेर अर्को जात्रा देखाएका छन् । व्यक्तिका विरुद्ध ठूलो संख्यामा डाक्टर एवं मेडिकल कलेज सञ्चालकहरु उत्रिएका छन् ।

स्वास्थ्यमा समस्या देखिन थाल्यो, अनसन यथावत् रहने !

विगत नौ दिनदेखि आवरण अनसनमा रहेका टिचिङ्ग अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर केसीले सरकारले आफ्ना माग पूरा नगरेसम्म अनसनलाई निरन्तरता दिने बताएका छन् ।

सोमबार अनसनस्थल पुगेका अनलाइनकर्मीसित कुराकानी गर्दै उनका सहयोगी अनिल कार्कीले सरकारबाट सम्पूर्ण माग पूरा नभएसम्म अनसन जारी रहने बताए । डा. केसी हाल टिचिङ्ग अस्पतालको इएन्टी डिपार्टको तेस्रो तल्लामा अनसनरत छन् ।

अनसनकै कारण उनको स्वास्थ्यमा समस्या देखिएको छ । उनको रगतमा सुगरको मात्रा एकदमै कम देखिनुका साथै पिसाबमा खराबी देखा परेको सहयोगीको भनाइ छ ।

त्यसैगरी, डा केसीलाई छाती दुख्ने, हात खुट्टा बाउँडिने, मासु फर्कने जस्ता समस्या देखिएका छन् । दुई दिनअघिदेखि स्वास प्रस्वासमा समस्या आई अक्सिजन दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

‘अनसनको पाचौं दिनदेखि केसीलाई अस्पतालले सहयोग गर्न सुरु गरेको छ । उनलाई आवश्यक पर्ने सबै उपकरण अस्पतालले उपलब्ध गराइसकेको छ’, कार्कीले अनलाइनखबरसित भने, ‘त्यसैगरी आवश्यकता हेरेर चिकित्सकको टोली पनि अनसनस्थल पुग्ने गरेको छ ।’

त्यसअघिसम्म अस्पताल प्रशासनले डा.केसीको उपचारमा खासै चासो दिएको थिएन ।

संसदीय टोली अनसनस्थलमा

संसदको सामाजिक सुरक्षा तथा मानवअधिकार समितिका सुशीलकुमार श्रेष्ठ नेतृत्वको टोलीले अनसनस्थलको अनुगमन गरेको छ । यसअघि अर्जुनरसिंह केसी, ध्यानगोविन्द रञ्जित, कमल पंगेनी, गगन थापा लगायतका संसद उनीलाई भेट्न अनसनस्थल पुगिसकेका छन् ।

यस्ता छन् डा. गोविन्द केसीका मागहरु

Demands-of-Dr.-Govind-KC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment