Comments Add Comment

वैज्ञानिक भन्छन्ः गाई जति खुसी भयो दुध उति नै पोसिलो

milk_cowभनिन्छ गाईको दुध अमृत समान हुन्छ । तर कतिपयले भने गाइको दुध खल्लो र पातलो हुने भन्दै बढि फ्याट भएको दुध खास रुचाउँछन् ।

तर गाईको दुधमा जत्तिको सन्तुलित पौष्टिक पदार्थ सायदै अरुमा हुन्छ । पछिल्लो अध्ययनले भने गाईको दुधमा पाइने पौष्टिक तत्व गाईको खुसीमा निर्भर हुने तथ्य पत्ता लगाएको छ । अर्थात् गाई जति धेरै खुसी भयो उसको दुध उति नै धेरै पोषिलो हुन्छ ।

शोधकर्ताका अनुसार अधिक खुसी रहेको गाईको दुधमा क्याल्सियम तत्व बढि पाइन्छ । शोधकर्ताहरुले आफ्नो अध्ययनको क्रममा जर्सी गाईलाई प्रसन्नता उत्पन्न गर्ने रसायन सुइ मार्फत दिए । त्यस्तो रसायनको सेवनपछि गाईको दुधमा क्याल्सियमको मात्रा बढेको पाइयो ।

जर्नल अफ इन्डोक्राइनोलोजीमा प्रकाशित यो शोधको निष्कर्षले गाईपालकका लागि गाईको स्वास्थ्यमा सुधार तथा दुग्ध उत्पदनमा बढोत्तरीका लागि ठूलो ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकाको विस्कन्सिन चिकित्सा विश्वविद्यालयका शोधकर्ता लौरा हर्नान्डिजको नेतृत्वमा भएको अनुसन्धानका क्रममा प्रसन्नताको अनुभूति गराउने सेरोटोनिन नामक रसायनको सेवनले गाइको रगत तथा दुधमा क्याल्सियमको स्तरमा पार्ने प्रभावको जाँच गरिएको थियो ।

त्यसक्रममा २४ वटा दुधालु गाईहरुलाई सुइ मार्फत सेरोटोनिन दिइएको थियो । सुइ दिनुभन्दा पहिलेको दुध तथा सुइ दिइसकेपछिको दुधमा रहेको क्याल्सियमको मात्राको जाँच गरी तुलना गरियो । जस अनुसार खुसी बढाउने रसायनको सुइ दिइसकेपछि दुहिएको गाइको दुधमा क्याल्सियमको मात्रा बढेको पाइयो । यद्यपि सबै नश्लका गाईहरुमा यसको असर एकनासको थिएन ।

शोधकर्ता हर्नान्डिजका अनुसार खुसीले दुधलाई पोषिलो बनाउने स्तर फरक फरक भएपनि गाई जति खुसी भयो उसको दुध उति नै पोसिलो बन्दछ भन्ने कुरा भने प्रमाणित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment