Comments Add Comment

सुटुक्क दिल्ली पुगेर आए मात्रिका यादव

प्रचण्डको विशेष दूत बनेर गएको दाबी

४ साउन, काठमाडौं । नयाँ सरकार गठनको प्रयास भइरहेका बेला नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादव सुटुक्क दिल्ली पुगेर फर्किए ।

Matrika Yadavभावी प्रधानमन्त्रीका रुपमा हेरिएका माओवादी अध्यक्ष प्रचण्डले पार्टीका नेता यादवलाई विशेष दूतका रुपमा दिल्ली पठाएको र उनले भारतीय नेताहरुलाई भेटेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

दिल्ली भ्रमणका क्रममा यादवले भारतमा कांग्रेस नेता करण सिंह जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय कांग्रेसका नेता डीपी त्रिपाठीलाई भेटेका थिए ।

दी हिन्दुले छलफलमा सहभागी स्रोतलाई उदृत गर्दै लेखेको छ, प्रचण्डबारे दिल्लीमा केही (बेइजिङसँग नजिक रहेको भन्ने) भ्रम छ । उहाँले हाम्रो समर्थन खोज्नु भएको छ ।’

यादवले पनि केही दिन अघि दिल्ली गएको स्वीकार गरे । तर, आफू प्रचण्डको विशेष दूतका रुपमा नभई ढाडको उपचारका लागि गएको बताएका छन् ।

प्रचण्डको विशेष दूत बनेर दिल्ली गएको हो भन्ने अनलाइनखबरको प्रश्नमा यादवले भने, होइन । ढाडको समस्या भयो । पहिला पनि एपोलोमा देखाएकाले गएको हुँ ।’

डीपी त्रिपाठीलाई भेटेको खबर छ नि भन्ने प्रश्नमा उनले उनीहरु साथी जस्तै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment