Comments Add Comment

डा. केसीको समर्थनमा अमेरिकामा प्रदर्शन

America2

वाशिंटन डिसी । स्वास्थ्य सेवामा सुधारको माग गर्दै आमरण अनसनमा रहेका शिक्षण अस्पतालका चिकित्सन डाक्टर गोविन्द केसीको समर्थनमा अमेरिकाको वाशिंटनमा बसोबास गरिरहेका नेपालीहरुले प्रदर्शन गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

अमेरिकामा रहेका नेपाली समुदायले डा. केसीको प्राण रक्षा र उनका जायज मागहरु पूरा गर्न भर्जिनियाको मनासस शहर बाट सरकार र संसदलाई ध्यानाकर्षण गराएको हो ।

डा. केसीको शान्तिपूर्ण एवम् अहिंसात्मक अभियानको पक्षमा उभिँदै डिसी महानगर क्षेत्रका नेपाली समुदायले उनको पक्षमा ऐक्यबद्दता जनाएका हुन् । प्रदर्शनमा सहभागीहरुले डा. केसीको पक्षमा तथा सरकार, मेडिकल माफिया र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बिरोधमा चर्का नारा लगाएका थिए ।

America

प्रदर्शनमा सहभागीहरुले डा केसीलाई बचाऔ, म डा केसीको साथमा छु, म पागल, म डा केसीसँग छु, आज चुप रहे भोलि आफैलाई पनि पर्छ, म इमान्दारी तथा पवित्रता चाहन्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न नेपाली संघ तथा संस्थाको पहलमा भएको थियो भने कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, मोहन निरौला, प्रेम पौडेल, दधिराम ढुंगाना, कृष्ण भण्डारी, सागर कंडेल, पदम राज रेग्मी लगायतको सहभागिता थियो ।

America1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment