+
+
Shares

विश्वभरबाट ‘सुल्तान’को ५ सय करोड ग्रस कलेक्शन

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ५ गते ११:३७

sultan poster
एक सातामै २ सय करोड कमाएर बलिउडमा तहल्का मच्चाएको चलचित्र ‘सुल्तान’ले अर्को रेकर्ड पनि राखेको छ । यो चलचित्रले सोमबारसम्म विश्वभरबाट ५ सय करोड ग्रस कलेक्शन गरेको निर्माण कम्पनी यशराज फिल्मस्ले जानकारी दिएको छ । यो चलचित्रले सर्वाधिक चाडो समयमा विश्वभरबाट ५ सय करोड कमाएको हो ।

भारतमा यो चलचित्रले सोमबारसम्म २ सय ६८ करोडको नेट कलेक्शन गरिसकेको छ । यस्तै ओभरसिजमा चलचित्रको व्यापार १ सय २९ करोड पुगेको छ ।सलमान खान र अनुष्का शर्मा अभिनित यो चलचित्रको व्यापार भारतमा सोमबारदेखि भने खस्किएको छ ।

अहिलेसम्म विश्वभरबाट सर्वाधिक धेरै कमाउने चलचित्र ‘पीके’ हो, जसले ७ सय ९२ करोड कमाएको थियो । ‘बजरंगी भाइजान’ले भने ६ सय करोड माथिको व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?