Comments Add Comment

सरकार ढाल्नेलाई नांगेझार पार्ने एमाले भ्रातृ संगठनको घोषणा

साहसिक कदम चाल्न प्रधानमन्त्रीलाई आग्रह

Rajib-pahari-and-Nabina-Lama

५ साउन, काठमाडौं । नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले वर्तमान सरकार ढाल्नेहरुलाई नांगेझार पार्ने घोषणा गरेका छन् । उनीहरुले देश र जनताको हितका लागि साहसिक कदम चाल्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गरेका छन् ।

बागबजारस्थित एक होटलमा बुधबार संयुक्त पत्रकार सम्मेलन गरेर एमालेका दुई भ्रातृ संगठनका नेताहरुले सो आग्रह गरेका हुन् ।

‘नेपाल र नेपाली जनताको हित विपरित, नेपालको स्थीरता खलबल्याउन अनेक किसिमका दाउपेच र षडयन्त्र गर्ने देशी विदेशी जो सुकैलाई नेपाली भूमिभित्र कडा निगरानी राख्दै तत्काल उनीहरुलाई सडकमा नांगेझार पार्ने अभियानमा अघि बढ्ने’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा युवा संघ अध्यक्ष राजीव पहारी र अनेरास्ववियु अध्यक्ष नविना लामाले हस्ताक्षर गरेका छन् । उनीहरुले सरकार ढाल्न खोज्नेहरुको भण्डाफोर गर्न युवा तथा विद्यार्थीहरुलाई आह्वान पनि गरेका छन् ।

‘राजनीतिक परिस्थिति धमिलो बनाई आजको दिनलाई इतिहासको कालो दिनको रुपमा पुर्‍याउने तत्व र प्रवृत्तिहरुको डटेर भण्डाफोर गर्नका लागि आम युवा विद्यार्थीहरुलाई हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment