Comments Add Comment

माथेमा प्रतिवेदन ४८ घण्टाभित्र खारेज गर्न माग

IOM-Students

५ साउन, काठमाडौं । माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र खारेज गर्न चिकित्साशास्त्र अध्ययनरत मधेसी विद्यार्थी समाजले माग गरेको छ । समाजले आफ्ना माग पूरा गराउन राजनीतिक दलका नेता र संसदीय समितिका सभापतिहरुको ध्यानाकर्षण गराएको छ ।

माथेमा आयोगले सरकारलाई विगतमा बुझाएको प्रतिवेदन अपारदर्शी र मेडिकल शिक्षा तथा स्वास्थ्यलाई धरासायी बनाउने किसिमको रहेको समाजको ठहर छ ।

आइओएम मधेसी विद्यार्थी समाजले माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र भंग गर्न माग गर्दै बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संसदको महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जु झालाई ज्ञापन पत्र बुझाएको हो ।

विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले अब नयाँ शिराबाट अगाडि बढ्नुपर्ने भन्दै यसबारे छलफल चलाउने आश्वासन दिएका थिए ।

यसैगरी महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति झाले प्रतिवेदन थप अध्ययन अनुसन्धान गरेर मात्रै अगाडि बढ्ने बताएकी समाजका अध्यक्ष डा. विनय पञ्जियारले बताए ।

पञ्जियारको नेतृत्वको विद्यार्थी टोलीले माथेमा आयोगले बुझाएको प्रतिवेदनमा मधेसी, आदिवासी, जनजाति, दलित, थारु, मस्लिम लगायत समुदायको हितमा नभएको भन्दै पूर्ण खारेजीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment